धादिङ– धादिङमा बुधबार फिल्मी शैलीमा लुटपाट भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका–६ जैसिडी बस्ने दुर्गा थपलियाको घरबाट बुधबार सुनको सिक्री, तिलहरी र औंठी गरी करीब ३ तोला र नगद १ लाख समेत चोरी भएको हो।
शिबरात्रीको दिन २ जना व्यक्ति आई बास मागेको र खाना खाने बेलामा उनीहरुले दिएको भाङ खान दिएका थिए। सोही पदार्थ खाएपछि थपिलयाको परिवार बेहोस भएका थिए। योजनाबद्ध रुपमा पाहुना बनेर उनीहरुले लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।