सुनसरी– श्रीमतीलाई ढुङ्गाले हानेर घाइते बनाएको रिसमा एक व्यक्तिले हत्या गरेका छन्।
धरान उपमहानगरपालिका–५ फोक्लिङ टापु बस्ने ५४ वर्षीय कुमार राईको कुटपिटबाट हत्या भएको हो। धरान घोपा अस्पतालमा उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो। कुमारले सोही ठाउँ बस्ने शंकर बिककी ३६ वर्षीया श्रीमती मिरा बिकलाई ढुङ्गाले हानी घाइते बनाएको बिषयलाई लिएर शंकर र सोही ठाउँ बस्ने २२ वर्षीय शम्भु भुजेलले कुमारलाई कुटपिट गरेका थिए । कुटपिट गर्ने शंकर र शम्भुलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।