काठमाडौं– स्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महोत्तरीको जलेश्वर नगरपालिका–६ खैराचोक बस्ने ३८ वर्षीय कैलाश साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।
साहलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।