काठमाडौं–मदिरा मात्तिएर डिस्कोमा पुगेका सईले मंगलबार राती दरबारमार्गमा आतंक चचएका छन्। सई राजकुमार श्रेष्ठले दरबारमार्गको आईक्वबमा पेस्तोल देखाएर धम्काएका हुन्। उनलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ।
मदिरामा मात्तिएर साथीसँग गएका उनले सामान्य विवादमा पेस्तोल देखाएर कर्मचारी तथा ग्राहकलाई धम्काएका थिए। उनका साथी विकास पाण्डेलाई समेत महानगरीय प्रहरी वृत्त दरबारमार्गले हिरासतमा राखेको छ। उनले पेस्तोल देखाएर धम्काएपछि डिस्कोमा रहेका युवतीहरु डराएर चिच्याएका थिए।
मदिरामा मात्तिएका सई श्रेष्ठले पक्राउ परेपछि पनि प्रहरीलाई नै गाली गरेका थिए।
सई श्रेष्ठ महानगरीय प्रहरी वृत्त जनसेवा अन्र्तगत सुन्धारामा सिआरभीमा कार्यरत छन्। सई श्रेष्ठलाई निलम्बनको प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।