काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्तमा नियुक्त भएका नवीनकुमार घिमिरेले बुधबार जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हालेपछि घिमिरेले अनुसन्धानको प्रक्रियालाई छिटो, छरितो र सहज ढंगबाट सम्पादन गर्ने दिशामा केन्द्रित हुन निर्देशन दिएका छन्।
नागरिकको अपेक्षा अनुरुप आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ तोकिएकै समयमा सम्पादन गर्न आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका छन्। आयोगको काम कारवाहीले जनमानसमा सकारात्मक सन्देश प्रवाह गराउन सक्नु पर्नेमा उनको जोड दिए।
बुधबार आयोगमा कार्यरत सबै तहका कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आयोगलाई नीति र पद्धतिबाट अगाडि बढाउन आफूले सक्दो प्रयत्न गर्ने बताए।
आयोगले अघिसारेका सुधारका विषयमा सबै कर्मचारीले आत्मसात गरेर काम गरेमा आयोगको गरिमा र मर्यादालाई कायम राख्न सकिेन उल्लेख गर्दै कार्यवाहक प्रमुख आयुक्त घिमिरेले यसले सर्वसाधारणमा पनि सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए।
प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि बरिष्ठ आयुक्तका रुपमा उनले निमित्तको जिम्मेवारी पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।