• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कपाल झर्न रोक्ने २१ आयुर्वेदिक उपाय - डा शंकर गौतम

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  १३:०३
1140x725

आयुर्वेदमा कपाल झर्नुको मुख्य कारण पित्त दोषको असन्तुलनलाई मानिएको छ । असम्यक आहार–विहार, आचरण (जस्तैः असमय भोजन, चिया, कफी, मदिरा, मासु, चिल्लो, पिरो, मसलेदार खानाको अत्यधिक सेवन, चिन्ता, तनाव, अनिद्रा, आदि) ले शरीरको पित्तदोषमा असन्तुलन आउनेगर्छ। जसका कारण कपाल झर्ने क्रम बढ्न थाल्छ । पित्त दोषका कारण बाहेक शरीरमा हुने हर्मोनको गडबडी, तालुमा हुने फंगल संक्रमण, चाया, लुपस लगायतका छालाजन्य रोग र मधुमेह जस्ता रोगले गर्दा पनि कपाल झर्न सक्छ।

आयुर्वेद पद्दति मार्फत कपाल झर्न रोक्ने साथै नयाँ कपाल उमार्न र भएको कपाल समेत बढाउन सकिन्छ । शरीरको प्रकृति फरक–फरक हुने हुँदा कुनै उपचार विधि कसैका लागि प्रभावकारी नहुन पनि सक्छ । घरेलु उपचारले समस्या समाधान नभए आयुर्वेद अस्पताल, स्वास्थ्य केन्द्र वा क्लिनिक गएर आयुर्वेद चिकित्सकको परामर्श अनुसार औषधि, योग एवं आयुर्वेदिक तेल समेत प्रयोग गर्नुपर्ने हुन्छ । निम्न बमोजिमका जडीबुटी एवं उपाय अपनाएर कपाल झर्ने समस्याको घरेलु उपचार गर्न सम्भव छ । 

१. भृंगराज 

एक हात हरियो पत्ता लिएर पिँध्ने वा सुकेको भए ५–६ चम्चा धुलोमा केही पानी मिसाएर लेदो बनाएर तालु र कपालमा लगाई २० मिनेटसम्म राख्ने । त्यसपछि आयुर्वेद अर्थात् जडीबुटीको स्याम्पु प्रयोग गरेर पखाल्ने । यो प्रक्रिया हप्तामा कम्तिमा ३ पटक गर्दा लाभदायी हुन्छ । यसमा अमला र तुलसीको समेत समिश्रण गर्दा झन् राम्रो हुन्छ । साथै, भृंगराज तेलले तालुमा मसाज गर्दा पनि कपाल वृद्धि हुन्छ ।

२. अमला 

अमला कपाल झर्ने समस्याको समाधान मात्र होइन, यसलाई रक्त शुद्धीकरण, पाचन र रसायन (यौवन कायम गराइरहने) मा समेत प्रभावकारी जडीबुटी मानिन्छ । ५–६ चम्चा अमलाको पाउडरमा ५–६ चम्चा पानी राखी बाक्लो लेदो बनाएर तालु र कपालमा लगाएर ३० मिनेटसम्म राख्ने र स्याम्पुले पखाल्ने । यसको प्रयोग हप्तामा कम्तिमा ३ पटक गर्दा लाभदायी हुन्छ । यसले तालुको छालालाई स्वस्थ राख्नुका साथै चाया र कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । योसँगै शिकाकाईको प्रयोग गर्दा प्राकृतिक रङका रुपमा कपाल कालो बनाउन मद्दत गर्छ । 

यसैगरी अमला र शिकाकाईको पाउडरलाई मनतातो पानीमा भिजाई रातभर छाडेर बिहान प्रयोग गर्दा वा अमलाको जुस निकाली तालु र कपालमा प्रयोग गर्दा पनि उपयोगी हुन्छ । 

३. नीम 

Ncell 2
Ncell 2
nimb
nimb

एक मुठी नीम पत्ता २ कप पानीमा १५ मिनेट जति उमाल्ने, त्यसलाई चिसो हुन दिने र कपालमा लगाउने वा सुक्खा निमको पाउडरलाई पानीमा लेदो बनाई कपालमा लगाई ३० मिनेट राखेर पखाल्ने । परम्परादेखि छालाको रोगमा नीमको प्रयोग गरिँदै आएको छ । यसले छालाको रोग र कपाल झर्ने समस्याको उपचार मात्र गर्दैन, तालुमा रक्त सञ्चार सुधार गरी कपालका जराहरु बलियो बनाउने र मरेका जराको ठाउँमा नयाँ जरा उमारी कपालको वृद्धि गर्छ । 

चाया र जुम्राका लागि समेत नीम प्रभावकारी छ । यसले तालुको सुक्खापन, कत्ला–कत्ला निस्कने, सोरियासिस आदिका कारण जरा नास हुने समस्याको समेत समाधान गर्छ ।

४. रिठा 

धेरै वर्षदेखि प्राकृतिक साबुनका रुपमा रिठाको प्रयोग हुँदै आएको थियो । केही रिठाहरु लिएर २ गिलास मनतातो पानीमा राति भिजाउने र बिहान १५ मिनेटजति उमालेर सेलाउन दिने । कपाल भिजाएपछि उक्त पानी प्रयोग गरी ५ मिनेटसम्म मसाज गर्दा फिँज आउन थाल्छ र त्यसलाई केहीबेरमा पखाल्ने । यसको निरन्तर प्रयोगले कपाल बढाउनुका साथै मोटो र कालो बनाउँछ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५. शिकाकाई

शिकाकाईको ६ चम्चा पाउडरमा २ गिलास पानी मिसाएर समिश्रण तयार पार्ने । कपाललाई पानीले भिजाएर उक्त समिश्रणको आधा भाग कपालमा राखी ५ मिनेटजति मसाज गर्नुपर्छ। पुनः बाँकी समिश्रण प्रयोग गर्ने, जसबाट फिँज आउन थाल्छ र केहीबेरमा पखाल्ने । यस बाहेक पाउडरलाई चियाजस्तै पकाएर समिश्रण बनाई वा तेलमा यसको पाउडर मिसाएर पनि कपालमा लगाउन सकिन्छ । शिकाकाईको प्रयोगले कपाल सफा हुने मात्र नभई यसमा भएको एन्टिअक्सिडेन्टले तालुलाई स्वस्थ राखी कपाल झर्नबाट रोक्छ । साथै यसले कपाल सुक्खा हुने, जटा पर्ने, चायाँ पर्ने आदि समस्याको समाधान गर्छ ।

६. अश्वगन्धा 

अश्वगन्धाको ३ चम्चा र अमलाको ३ चम्चा पाउडरलाई ६ चम्चा पानीमा मिसाएर बाक्लो लेदो बनाई कपाल र तालुमा लगाउने र ३० मिनेटपछि पखाल्ने । साथै, अश्वगन्धा सेवन गर्न पनि सकन्छि । 
शरीरको कोर्टिसोल नामक हर्मोनले कपाल झार्नुका साथै कपाल वृद्धिमा समेत अवरोध गर्छ । अश्वगन्धाको समिश्रण जब तालुमा लगाइन्छ, यसले कोर्टिसोलको मात्रा घटाएर कपाल झर्ने क्रम रोक्छ । यसले तालुमा रक्त सञ्चार बढाउँछ जसकारण कपाल बढ्न थाल्छ । अश्वगन्धाले चाया हटाउन पनि सहयोग गर्छ ।

७. ब्राम्ही 

ब्राम्ही पाउडर २ चम्चा, अमला पाउडर २ चम्चा, अश्वगन्धा पाउडर २ चम्चा र १÷२ कप दही मिसाएर राम्रोसँग समिश्रण तयार परी कपालको जरादेखि टुप्पोसम्म लगाई १ घन्टापछि मनतातो पानी र स्याम्पु प्रयोग गरी पखाल्ने । 

यस्तै, पानी उमालेर त्यसमा ब्राम्ही, तुलसी र नीमको पत्ता राखेर १० मिनेट जति पकाउने र रातभरि रहन दिने। बिहान यो झोल कपाल र जरामा लगाएर १५ मिनेटपछि पखाल्ने ।

ब्राम्हीले पनि कपाल बलियो बनाउँछ । कपाल बढाउन मद्दत गर्छ। कपालको जरालाई पोषण प्रदान गरी नयाँ कपाल ‘पुटिका’ वृद्धि गर्छ । यसको निरन्तर प्रयोगले केश पुटिकालाई ढाकेर झर्नबाट रोकी कपाल मोटो, कालो र चिल्लो बनाउँछ । यो चाया घटाउन र कपाल चिलाउने समस्याबाट छुटकारा दिलाउन पनि प्रभावकारी मानिन्छ ।

८. जटामसी 

आफूले लगाउने तेलमा जटामसीकोे जरा राखेर रातभर छोडिदिने, त्यसो गर्दा त्यो तेलमा जटामसीको तेलसमेत मिसिएर रातो रङ देखिन्छ । त्यो समिश्रण तेललाई कपालको जरादेखि टुप्पोसम्म लगाएर ३० मिनेटपछि पानीले पखाल्ने । जटामसी सेवन गर्दा पनि फाइदाजनक हुन्छ । 

जटामसीले रक्त शुद्धिकरण गर्दै रक्तसञ्चार वृद्धि गर्छ । जसकारण तालुको छालामा पोषणको राम्रो प्रबन्ध मिल्छ । जसले कपाल बलियो बनाउनुका साथै नयाँ कपाल उमार्न मद्दत पु¥याउँछ ।

९. मेथी 

२ चम्चा मेथीलाई भुटेर मसिनो हुनेगरी पिस्ने, त्यसमा ३–४ चम्चा पानी राखेर बाक्लो लेदो बनाएर कपाल र तालुमा लगाई २० मिनेटपछि मनतातो पानीले पखाल्ने । घरमा प्रायः प्रयोग हुने मेथी कपाल झर्ने समस्याका लागि प्रभावकारी मानिन्छ । त्यस्तै, चाया र तालुको छालाको विकारमा समेत फाइदा पुर्‍याउँछ ।

१०. घ्युकुमारी 

धेरै रोगको उपचारमा घ्युकुमारी प्रभावकारी मानिन्छ । यो सर्वसुलभ भएकाले सजिलै प्रयोग गर्न सकिन्छ । यसले कपाल झर्न रोक्ने, तालु स्वस्थ राख्ने र कपाल बढाउने काम गर्छ । घ्युकुमारीको डाँठभित्र रहेको गुदी ६–७ चम्चा लिएर त्यसमा ३ चम्चा नरिवलको तेल र २ चम्चा मह मिसाएर तालु र कपालमा लगाई ३० मिनेटपछि स्याम्पु लगाएर मनतातो पानीले पखाल्नुपर्छ ।

११. आयुर्वेद तेलको शिरोधारा वा मसाज 

आयुर्वेदको शिरोधरा पद्दति कपाल झर्ने रोगमा एकदमै प्रभावकारी मानिन्छ । आयुर्वेद सेवा केन्द्रहरुमा पुगेर शिरोधरा सेवा लिन सकिन्छ । यदि, शिरोधरा लिन अस्पताल र केन्द्रहरुमा जान नसकिएमा घरमै समेत केही तेलको प्रयोग गरी मसाज गर्न सकिन्छ । तर, यो उपाय शिरोधाराजस्तो प्रभावकारी हुँदैन । 

घरमै प्रयोग गर्ने उपायः नरिवल तेल, महाभृंगराज तेल, अमला तेल, सिसम बिज तेल, बदाम तेल वा ब्राम्ही तेलमध्ये कुनै १ तेल वा समिश्रणको ३–५ चम्चा लिएर मनतातो बनाएर कपालको जरामा १५ मिनेटजति मसाज गर्ने र ३० मिनेट त्यत्तिकै छाडिदिने र पछि स्याम्पु लगाई मनतातो पानीले पखाल्ने ।

१२. पित्त दोष शमन 

पित्त दोषलाई सन्तुलनमा राख्न र यस दोषलाई थप बढ्न शमन चिकित्सा आवश्यक छ । अश्वगन्धा, घ्युकुमारी, अमला लगायतका जडीबुटी र चिकित्सकको सल्लाह अनुरुप विभिन्न औषधयोग सेवनले पित्त दोष शमन भई कपाल झर्ने समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ ।

अन्य साधारण उपाय 

१३. भिजेको बेलामा कपाल कोर्ने गर्नाले रौँ झर्ने र भाँचिने समस्या बढी हुन्छ, त्यसैले भिजेको बेला कपाल कोर्नु हुँदैन। 

१४. अनिद्रा पनि कपाल झर्ने समस्याको एक कारण भएकाले रातमा कम्तिमा ६–८ घन्टा निदाउने । कहिले ढिलो कहिले चाँडो नगरी, सुत्ने समय सकेसम्म समान बनाउने।

१५. धेरै पानी खाने, स्वस्थ आहार सेवन गर्ने, पेट सफा राख्ने, र धुलोधुवाँबाट कपाललाई जोगाउने।

१६. अचेल धेरैले मोटरसाइकल प्रयोग गर्छन् । हेल्मेट लगाउँदा पसिनाले कपाल झर्ने समस्या बढ्न सक्छ । त्यसैले गुम्म नहुने खालका, हावा प्रवेश र निकास हुनेखालका हेल्मेट प्रयोग गर्ने । धेरै पसिना आउनेले सुतीको कपडाले कपाल ढाकेर हेल्मेट लगाउने।

१७. सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको सेवनबाट सकभर टाढा बस्ने।

१८. मुलेठी र दूधको वा मरिच र कागतीको बिजको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउँदा नयाँ रौं उम्रिन थाल्छ।

१९. दैनिक रुपमा सलाद, सागसब्जी धेरैभन्दा धेरै खाने।

२०. तनाव, चिन्ता आदिको उचित व्यवस्थापन गर्ने।

२१. ध्यान, योग आदि गर्ने ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्