पाल्पा– रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन्।
आफूले उत्पादन गरेका बाँसका सामग्री पहिले घरबाटै बिक्री हुने गरेकोमा अहले गाउँगाउँ चहार्दा पनि किन्ने मान्छे पाउन मुस्किल परेपछि उनीहरु पेशाबाटै बिस्थापित भएका हुन्। बजार अभाव र व्यवस्थापन नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसकेको स्थानीय पदम विश्वकर्मा बताउँछन्।
'बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन,' ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोखे। बाँसका सुपो (नाङ्लो), डाला, मान्द्रालगायतका सामग्री बुन्दै आए पनि बजारको समस्या रहेको उनले बताए।
'यही पेशामा काम गरी छोराछोरी हुर्काइयो, अहिले मासिक १५ हजार रुपैयाँ आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ। कहिले आम्दानी हुन्छ, कहिले हुँदैन,' विश्वकर्माले भने।
पहिले १३ घरले बाँसका सामान बनाउने गरे पनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको उनको भनाइ छ।
कुसुम खोलाको माराबाँसका विश्वकर्मा बस्तीमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक लगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।