• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २७, २०८२ Tue, Feb 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हिंसा सहन्छन् तर बहुबिवाहको मुद्दा हाल्दैनन् रोल्पाका महिला

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  ०८:४७
1140x725

लिबाङ- रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि न्यून उजुरी पर्ने गरेको छ। जिल्ला अदालत रोल्पाको तथ्यांक अनुसार दुई आर्थिक वर्षमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन्। यस आर्थिक वर्षमा दुई र गत वर्ष एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालले जनाए।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार माना चामल, अंश, सम्ब न्धविच्छेदजस्ता प्रकृतिका केही मुद्दामा दुईवटी श्रीमती भएको देखिन्छ, तरबहुविवाहको प्रसंग आउँदैन। उनले भने, 'यसरी बहुविवाहविरुद्ध मुद्दा कम पर्नुका कारण बहुविवाह एउटा अपराध हो, उजुरी गर्नुपर्छ भन्ने जानकारी पीडितलाई नभएको हुन सक्छ। साथै, कानुनी अज्ञानताका कारण गाउँ समाजमा मेलमिलाप गराउने प्रचलनले गर्दा मुद्दा नपरेको हुन सक्छ।'

न्यायाधीश श्रेष्ठका अनुसार भद्रभलादमी बसेर बहुविवाहका मुद्दा गाउँमै मिलाउनु गैरकानुनी प्रक्रिया हो तर पनि गाउँ समाजमा मिलेर बस्नुपर्छ भन्ने सोचका कारण यस्ता प्रवृत्तिले अदालतमा प्रवेश नपाएको हुनसक्ने उनले बताए। 

Ncell 2
Ncell 2

यस्तै, जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार जिल्लामा बहुविवाहका घटना प्रसस्तै छन्। उनी भन्छन्, 'कतिपय महिलाले आफ्नै श्रीमान् त हो, किन कानुनी दायरामा ल्याउनु भन्ने सोचले क्षमा दिने गरेका छन्।'

'जिल्लामा मागी विवाहभन्दा प्रेम विवाह गर्नेको संख्या ठूलो छ। यसरी परिपक्व नभई एकदमै सानो उमेरमा विवाह बन्धनमा बाँधिएका सम्बन्ध परिपक्वता आएपछि सुमधुर बन्न सक्दैन, जसका कारण दोस्रो, तेस्रो विवाह गर्ने गरेको पाइन्छ,' अर्यालले थपे, 'पढ्ने उमेरमा विद्यालय छोडेर विवाह बन्धनमा बाँधिएका महिला आर्थिक हिसाबले कमजोर छन्, जसका कारण उनीहरु श्रीमान्‌को कमाइमा भर हुनुपर्ने बाध्यता छ। स्वावलम्बी हुन नसक्नुका कारण उनीहरुले बहुविवाहका मुद्दालाई बाहिर ल्याउन चाहँदैनन् बरु जीवनभर हिंसा सहेर बाँच्न तयार हुन्छन्।' 

अर्यालले बहुविवाह अन्त्यका लागि स्थानीय तहमार्फत कानुनी सचेतनाका कार्यक्रम गाउँगाउँमा पुग्नुपर्ने, शैक्षिक जागरणमा जोड दिनुपर्ने तथा बहुविवाहमा दण्डहिनताको अन्त्य गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। 

यस्तै, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनसार कतिपय अवस्थामा पीडित महिला श्रीमान्‌ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लगाउन नदिएको भन्दै प्रहरीमा उजुरी गर्न आइपुग्छन्, तर बहुविवाहको कुरा उठाउन चाहन्नन्। उनी भन्छन्, 'धेरैजसो पीडितले बहुविवाह एक किसिमको अपराध हो भन्ने कुरा बुझेकै छैनन्। बुझेकाहरुले पनि श्रीमान्‌को कुनै दिन बुद्धि फर्केला भनेर कुरेर बस्ने गरेका छन्।'

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो
चुनावी सुरक्षामा नचुक्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
घोषणापत्र सार्वजनिक गर्ने नेकपाको तयारी, सचिवालय बैठक आह्वान
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
नेपाली कम्युनिष्ट पार्टीद्वारा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक मंगलबार, माघ २७, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक मंगलबार, माघ २७, २०८२
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो मंगलबार, माघ २७, २०८२
चुनावी सुरक्षामा नचुक्न सेनालाई प्रधानमन्त्रीको निर्देशन मंगलबार, माघ २७, २०८२
घोषणापत्र सार्वजनिक गर्ने नेकपाको तयारी, सचिवालय बैठक आह्वान मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ २६, २०८२
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्