अल्जेरिया- स्वाईन फ्लुका कारण अल्जेरियामा २१ जनाको मृत्यु भएको छ। सो रोगबाट उनीहरुको मृत्यु भएको घटनाको स्थानीय सरकारी अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका हुन्।
स्वास्थ्य मन्त्रालयको रोकथाम निर्देशक जामेल फौरारले दिएको जानकारीअनुसार स्वाईन फ्लुको संक्रमणबाट मृत्यु हुनेमा चारदेखि ६५ वर्षसम्मका मानिसहरु छन्।
गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि स्वाईन फ्लुको संक्रमण नभएको दावी गरेका थिए।
तर जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले स्वाईन फ्लुका कारण ३५ जना प्रभावित भएका घोषणा गरेको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।