चितवन - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताएका छन्।
प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई आज भरतपुर महानगरपालिकाको पटिहानीमा सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने बताए।
दुई पार्टी मिलेर नयाँ पार्टी बन्ने भन्दै उनले यसले अरू पार्टीहरुलाई पनि सकारात्मक सन्देश दिने बताए। अब देश विकासको बाटोतर्फ जाने भन्दै उनले विदेशीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेको बताए।
पूर्वप्रधानमन्त्री नेपालले खेलले एकताको भावना र अनुशासन पालना गर्न सिकाउने भएको भन्दै राष्ट्रका निम्ति खेल गौरव भएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।