धनगढी– धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता हुने सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो।
प्रतियोगितामा साविकका पाँच विकास क्षेत्र र विभागिय टोली एपीएफ सहित ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेतालाई दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई पाँच/पाँच हजारका दरले पुरस्कार वितरण गरिने छ। प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरिएको छ।
अहिले मैदान निर्माण र पिच निर्माणको काम भइरहेको र सबै ६ वटा टिमको सहभागिता बारे टुङगो लागिसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगितामा सहभागी हुने टिमलाई दुई समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल खेलाइने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।