काठमाडौं- संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा लालबाबु राउतलाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ।
राष्ट्रिय जनता पार्टी नेपालको समर्थन सहित फोरम संसदीय दलका नेता लालबाबु राउतले बहुमत प्राप्त सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसामु मंगलबार निवेदन पेश गरे।
लगत्तै प्रदेश संसद् सचिवालयले मुख्यमन्त्रीको सपथ बिहीबारका लागि तोकेको छ। बुधबार सभामुखको निर्वाचन कार्यतालिका भएकाले मुख्यमन्त्रीको सपथको कार्यक्रम बिहीबार राखिएको सचिवालयले जनाएको छ।
सभामुखमा सरोजकुमार यादवको मात्र निर्विरोध निर्वाचित हुने तय भएको छ। मंगलबार भएको मनोनयनमा राजपातर्फबाट यादवको मात्र उम्मेदवारी परेको थियो।
प्रदेश २ को सरकार फोरम र राजपा मिलेर गठन गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।