सिअाेल- दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई मङ्गलबार २० वर्षको जेल सजायको निर्णय सुनाएको छ।
दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई अदालतले सदर गरेको दुई दिनपछि अदालतबाट सो निर्णय आएको हो।
राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्ककी साथी चोइ सुन सिलले पार्कको कार्यकालमा लामो समयसम्म सघाएकी थिइन्।
राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै चोईलाई २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उनलाई हिरासतमा लिएको १५ महिनापछि सजाय सुनाइएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।