• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'अर्गानिक' ओखरेनीको सौन्दर्य [फोटो फिचर]

64x64
नेपाल लाइभ शनिबार, असोज ११, २०७६  ०५:५३
1140x725

सिन्धुपाल्चोक- उत्तरतिर टलक्क टल्किएको लाङ्टाङ हिमशृंखला। त्यही हिमालबाट चल्ने सिरसिर शीतल बतास। पूर्वतिर गोब्रेडाँडा र लामीडाँडाको सुन्दरता। पश्चिमतिर आशीर्वाद दिन विराजमा नौलीङ्गेश्वर महादेव। साँझपख दक्षिण फर्कंदा झिलमिलाइरहेको चौतारा बजारको दृश्य। त्यसमाथि स्थानीय शेर्पाको आतिथ्यतासँगै लेकाली आलु र मुलाको स्वाद। 

आहा! ओखरेनी।

सिन्धुपाल्चोकको साबिक तीन वटा गाविस भोटेनाम्लाङ, लाँगार्चे र सिम्पालकाभ्रेको सिमानाको रुपमा उभिएको छ ओखरेनी। समुद्री सतहबाट २२५० मिटर उचाइमा रहेको पाँचपोखरी थाङ्पाल गाँउपालिका र इन्द्रावती गाँउपालिकाको शिर ओखरेनी कुनै कालीगढले फुर्सदमा बनाएको सुन्दर चित्रभन्दा कम छैन। 

शेर्पा जातिको बाहुल्य रहेको ओखरेनीलाई थप सुन्दर बनाएको छ सेता गुम्बा, थरीथरीका गुराँस अनि भर्खरै निर्माण सम्पन्न गरिएको सुनौलो ३५ फिटको बुद्धमुर्तिले। अझ पुनर्निर्माणको क्रममा रंगीचंगी छाना लगाइएका सुन्दर बस्तीले ओखरेनीलाई सुनमा सुगन्ध थप्ने काम गरेको छ। 

ओखरेनी होइन, ओकराने
जनजिब्रोमा ओखरेनी नामले नै प्रख्यात भएपछि स्थानीयहरु भने आफ्नो ठाँउलाई पुरानै नाम अर्थात् ओकराने नामले नै चिनिन चाहन्छन्। ओक अर्थात् गहिरो र राने अर्थात् तीर्थस्थल या आशीर्वाद। समग्रमा ओकराने नाम हुँदै यो स्थान अहिले ओखरेनीबाट चिनिन्छ। 

स्थानीय पदमबहादुर लामा (६५)का अनुसार राणाकालमा यो स्थानमा राणाहरुले आएर ओखरको बोट रोपेकाले यसको नाम बिस्तारै ओखरेनी हुन पुगेको हो। ‘हामी ओकरानेबाटै परिचित हुन चाहन्छौं,’ उनले आफ्नो इच्छा व्यक्त गर्दै यसको इतिहासबारे भने, 'राणाहरुले रुख त रोपे तर, व्यक्तिको जग्गामा परेको हुनाले पछि काटिएको हो। गाउँको बीचमा निकै ठूलो थियो त्यो रुख। यो बाटो भएर हिँड्नेहरु रुखको छहारीमा सुस्ताउने गर्दथे।’

अहिले पनि गाउँका विकासका लागि यहाँ स्थापना गरिएका संस्था, उपभोक्ता समितिको नाम ओखरेनीवासीले ओकरानेकै नामबाट सञ्चालन गरिरहेका छन्। ‘हाम्रो पुरानो र ऐतिहासिक नाम हो, त्यसैले मर्न दिदैंनौं,’ लामा भन्छन्, ‘कि त नौलिङ ओखरेनी भनिनुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

लामाका अनुसार उतिबेला यो गाउँमा चिठ्ठीपत्र आउँदा ‘नौलिङ ओखरेनी नवलपुर थुम’ भनेर आउने गर्दथ्यो। यहाँका स्थानीय एकतामा बाँधिएका छन्।

आफ्नो गाउँ, आफै बनाऊँ
गाउँको विकासका लागि एकजुट हुन्छन्। लामो समयसम्म सडक सुविधाबाट वञ्चित उनीहरुले चाम्खु भन्ने स्थानबाट ५ किलोमिटर सडक आफैले खनेर ओखरेनीसम्म ल्याएका छन्। यहाँका बासिन्दाले स्थानीय निजी स्रोतबाट गाउँमा बत्ती पनि आफैले बाले। ‘हामीले अरुको आश गरेनौं, आफ्नो गाउँलाई आफैले बनायौं,’ स्थानीय पदमबहादुर लामाले गर्वसाथ भने।

बौद्धमार्गीहरुको बसोबास रहेको यो टोलका विभिन्न स्थानमा सेता आकर्षक गुम्बा, स्तुपाले ओखरेनीको सुन्दरतालाई थप अब्बल बनाएको छ। बाटैभरि र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरि राता, निला तथा हरिया जस्ताका एकैनास घरहरु अनि बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्नेबित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँ कुनै कविले कल्पना गरेर लेखेको स्वर्गभन्दा कुनै कमी छैन। अझ, अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ।

पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् यो आकर्षक पर्यटकीय गन्तव्य हो।

अर्गानिक खानपान
प्राकृतिक दृश्यपानका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद लुट्न पाइने ओखरेनी हिमाली गाउँ हो। बजारमा पाइने मलहरु पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ। चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ। कोदो हुँदैन। त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्दथे। 

‘आलु बेचेर यहाँका केही व्यक्तिले काठमाडौंमा घर बनाएका छन्,’ स्थानीय आङपासाङ शेर्पाले भने। 

अब यो आलु र मुलाको कथा पनि मेटिने अवस्थामा पुगिसकेकाले स्थानीय चिन्तित छन्। यहाँ आउने जंगली बँदेलले दुःख दिन थालेपछि किसानहरुले आलु, मुला लगाउन बिस्तारै छाड्न थालेका छन्। ‘त्यसको विकल्प अहिले किवी खेती सुरु गरिएको छ,’ गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्छिन्, ‘गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ।’

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिजहरु मार्न प्रतिबन्ध छ। त्यसैले पनि स्थानीयले अन्य बालीको विकल्पमा किबी रोजेका हुन्। ‘यहाँको हावापानीअनुसार किबीको उत्पादन राम्रो हुने देखियो,’ शान्तिले भनिन्, ‘गाउँपालिकाले किबी पकेट क्षेत्र घोषणा गरी किबी खेती विस्तार गर्ने भएकाले गाउँवासी उत्साहित छन्।’ तर, स्थानीयवासी यहाँ पाइने आलु र मुला भने थोरै लगाएर भए पनि गाउँको पहिचान गुम्न नदिने पक्षमा छन्। 

‘काठमाडौंबाट आलु र मुला खान भनेर धेरै व्यक्तिहरु आउने गर्छन्,’ आङछिरिङ भन्छन्, ‘यहाँको परम्परा, सम्पदा, संस्कृतिलगायत मौलिकपनलाई जिवित राख्नेछौं।’ 

पाहुनाको सत्कार
ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्। स्नेह गर्छन्। सत्कार गर्छन्। यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ। पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ। 

‘अब हामी होमस्टेको तयारीमा छौं,’ पदमबहादुर भन्छन्, ‘हामी कर तिर्छौं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ।’ उनले ठाउँ अभावका कारण ठूलो संख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताए।

उन्नत जातको गाई, चौरी, भेडा, याक यहाँको अर्को विशेषता हो। पहिलेजति चौंरी भने अहिले पाइदैन। यहाँ पाइने लेकाली आलु, मुलाको अचार, कोदोबाट बनाइएको मदिरा, लेकाली मकैको ढिँडो, लेकाली साग, स्थानीय कुखुराले पनि पयर्टक आकर्षण गर्दछ।

कसरी पुग्ने ओखरेनी?
आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ। आफ्नै सवारीसाधन हुनेहरु त काठमाडौंबाट एकै दिनमा पुगेर फर्कन सक्छन्। 

काठमाडौंको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दुरीमा पर्छ। सार्वजनिक बसको यात्रा गर्दा चाबहिलको चुच्चेपाटीबाट ७:३० मा यहाँका लागि बस छुट्छन्। काठमाडौं–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ। ओखरेनी नजिकै रहेको गुफाडाँडा गतवर्ष राष्ट्रिय जलवायु सम्मेलन भएको स्थान हो। सम्मेलनपछि गुफाडाँडा लगायत आसपासका क्षेत्र राष्ट्रिय चर्चामा छ।

त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दुरीमा रहेको ओखरेनीका लागि अर्को रुट झनै रमणीय छ। चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ। स्याउले बजारबाट उकालो लागेपछि विभिन्न बास्नादार वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ। शेर्पाहरुको गाउँमा पाइने नुनचिया, रेल्दुक, आलु मःम (जुन ओखरेनीमा पनि पाइन्छ) लगायत नयाँ स्वाद लिँदै खस्रे लामीडाँडाबाट ओखरेनी पुग्न सकिन्छ। 

यो बाटो धार्मिक पर्यटकीय स्थल पाँचपोखरी पुग्ने रुट पनि हो। आँखै अगाडिको हिमाल हेर्दै लोठसल्ला, लालीगुराँस, गोब्रे सल्लासँग खेल्दै, रमाउँदै प्राकृतिक छटामा रमाउन पाइन्छ। खुलेको हिमाल र लालीगुराँससँग रमाउनका लागि पुसदेखि माघसम्म उत्कृष्ट गन्तव्य हुन सक्छ- ओखरेनी।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  ०५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्