• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'अर्गानिक' ओखरेनीको सौन्दर्य [फोटो फिचर]

64x64
नेपाल लाइभ शनिबार, असोज ११, २०७६  ०५:५३
1140x725

सिन्धुपाल्चोक- उत्तरतिर टलक्क टल्किएको लाङ्टाङ हिमशृंखला। त्यही हिमालबाट चल्ने सिरसिर शीतल बतास। पूर्वतिर गोब्रेडाँडा र लामीडाँडाको सुन्दरता। पश्चिमतिर आशीर्वाद दिन विराजमा नौलीङ्गेश्वर महादेव। साँझपख दक्षिण फर्कंदा झिलमिलाइरहेको चौतारा बजारको दृश्य। त्यसमाथि स्थानीय शेर्पाको आतिथ्यतासँगै लेकाली आलु र मुलाको स्वाद। 

आहा! ओखरेनी।

सिन्धुपाल्चोकको साबिक तीन वटा गाविस भोटेनाम्लाङ, लाँगार्चे र सिम्पालकाभ्रेको सिमानाको रुपमा उभिएको छ ओखरेनी। समुद्री सतहबाट २२५० मिटर उचाइमा रहेको पाँचपोखरी थाङ्पाल गाँउपालिका र इन्द्रावती गाँउपालिकाको शिर ओखरेनी कुनै कालीगढले फुर्सदमा बनाएको सुन्दर चित्रभन्दा कम छैन। 

शेर्पा जातिको बाहुल्य रहेको ओखरेनीलाई थप सुन्दर बनाएको छ सेता गुम्बा, थरीथरीका गुराँस अनि भर्खरै निर्माण सम्पन्न गरिएको सुनौलो ३५ फिटको बुद्धमुर्तिले। अझ पुनर्निर्माणको क्रममा रंगीचंगी छाना लगाइएका सुन्दर बस्तीले ओखरेनीलाई सुनमा सुगन्ध थप्ने काम गरेको छ। 

ओखरेनी होइन, ओकराने
जनजिब्रोमा ओखरेनी नामले नै प्रख्यात भएपछि स्थानीयहरु भने आफ्नो ठाँउलाई पुरानै नाम अर्थात् ओकराने नामले नै चिनिन चाहन्छन्। ओक अर्थात् गहिरो र राने अर्थात् तीर्थस्थल या आशीर्वाद। समग्रमा ओकराने नाम हुँदै यो स्थान अहिले ओखरेनीबाट चिनिन्छ। 

स्थानीय पदमबहादुर लामा (६५)का अनुसार राणाकालमा यो स्थानमा राणाहरुले आएर ओखरको बोट रोपेकाले यसको नाम बिस्तारै ओखरेनी हुन पुगेको हो। ‘हामी ओकरानेबाटै परिचित हुन चाहन्छौं,’ उनले आफ्नो इच्छा व्यक्त गर्दै यसको इतिहासबारे भने, 'राणाहरुले रुख त रोपे तर, व्यक्तिको जग्गामा परेको हुनाले पछि काटिएको हो। गाउँको बीचमा निकै ठूलो थियो त्यो रुख। यो बाटो भएर हिँड्नेहरु रुखको छहारीमा सुस्ताउने गर्दथे।’

अहिले पनि गाउँका विकासका लागि यहाँ स्थापना गरिएका संस्था, उपभोक्ता समितिको नाम ओखरेनीवासीले ओकरानेकै नामबाट सञ्चालन गरिरहेका छन्। ‘हाम्रो पुरानो र ऐतिहासिक नाम हो, त्यसैले मर्न दिदैंनौं,’ लामा भन्छन्, ‘कि त नौलिङ ओखरेनी भनिनुपर्छ।’ 

Ncell 2
Ncell 2

लामाका अनुसार उतिबेला यो गाउँमा चिठ्ठीपत्र आउँदा ‘नौलिङ ओखरेनी नवलपुर थुम’ भनेर आउने गर्दथ्यो। यहाँका स्थानीय एकतामा बाँधिएका छन्।

आफ्नो गाउँ, आफै बनाऊँ
गाउँको विकासका लागि एकजुट हुन्छन्। लामो समयसम्म सडक सुविधाबाट वञ्चित उनीहरुले चाम्खु भन्ने स्थानबाट ५ किलोमिटर सडक आफैले खनेर ओखरेनीसम्म ल्याएका छन्। यहाँका बासिन्दाले स्थानीय निजी स्रोतबाट गाउँमा बत्ती पनि आफैले बाले। ‘हामीले अरुको आश गरेनौं, आफ्नो गाउँलाई आफैले बनायौं,’ स्थानीय पदमबहादुर लामाले गर्वसाथ भने।

बौद्धमार्गीहरुको बसोबास रहेको यो टोलका विभिन्न स्थानमा सेता आकर्षक गुम्बा, स्तुपाले ओखरेनीको सुन्दरतालाई थप अब्बल बनाएको छ। बाटैभरि र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरि राता, निला तथा हरिया जस्ताका एकैनास घरहरु अनि बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्नेबित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँ कुनै कविले कल्पना गरेर लेखेको स्वर्गभन्दा कुनै कमी छैन। अझ, अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ।

पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् यो आकर्षक पर्यटकीय गन्तव्य हो।

अर्गानिक खानपान
प्राकृतिक दृश्यपानका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद लुट्न पाइने ओखरेनी हिमाली गाउँ हो। बजारमा पाइने मलहरु पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ। चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ। कोदो हुँदैन। त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्दथे। 

‘आलु बेचेर यहाँका केही व्यक्तिले काठमाडौंमा घर बनाएका छन्,’ स्थानीय आङपासाङ शेर्पाले भने। 

अब यो आलु र मुलाको कथा पनि मेटिने अवस्थामा पुगिसकेकाले स्थानीय चिन्तित छन्। यहाँ आउने जंगली बँदेलले दुःख दिन थालेपछि किसानहरुले आलु, मुला लगाउन बिस्तारै छाड्न थालेका छन्। ‘त्यसको विकल्प अहिले किवी खेती सुरु गरिएको छ,’ गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्छिन्, ‘गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ।’

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिजहरु मार्न प्रतिबन्ध छ। त्यसैले पनि स्थानीयले अन्य बालीको विकल्पमा किबी रोजेका हुन्। ‘यहाँको हावापानीअनुसार किबीको उत्पादन राम्रो हुने देखियो,’ शान्तिले भनिन्, ‘गाउँपालिकाले किबी पकेट क्षेत्र घोषणा गरी किबी खेती विस्तार गर्ने भएकाले गाउँवासी उत्साहित छन्।’ तर, स्थानीयवासी यहाँ पाइने आलु र मुला भने थोरै लगाएर भए पनि गाउँको पहिचान गुम्न नदिने पक्षमा छन्। 

‘काठमाडौंबाट आलु र मुला खान भनेर धेरै व्यक्तिहरु आउने गर्छन्,’ आङछिरिङ भन्छन्, ‘यहाँको परम्परा, सम्पदा, संस्कृतिलगायत मौलिकपनलाई जिवित राख्नेछौं।’ 

पाहुनाको सत्कार
ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्। स्नेह गर्छन्। सत्कार गर्छन्। यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ। पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ। 

‘अब हामी होमस्टेको तयारीमा छौं,’ पदमबहादुर भन्छन्, ‘हामी कर तिर्छौं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ।’ उनले ठाउँ अभावका कारण ठूलो संख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताए।

उन्नत जातको गाई, चौरी, भेडा, याक यहाँको अर्को विशेषता हो। पहिलेजति चौंरी भने अहिले पाइदैन। यहाँ पाइने लेकाली आलु, मुलाको अचार, कोदोबाट बनाइएको मदिरा, लेकाली मकैको ढिँडो, लेकाली साग, स्थानीय कुखुराले पनि पयर्टक आकर्षण गर्दछ।

कसरी पुग्ने ओखरेनी?
आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ। आफ्नै सवारीसाधन हुनेहरु त काठमाडौंबाट एकै दिनमा पुगेर फर्कन सक्छन्। 

काठमाडौंको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दुरीमा पर्छ। सार्वजनिक बसको यात्रा गर्दा चाबहिलको चुच्चेपाटीबाट ७:३० मा यहाँका लागि बस छुट्छन्। काठमाडौं–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ। ओखरेनी नजिकै रहेको गुफाडाँडा गतवर्ष राष्ट्रिय जलवायु सम्मेलन भएको स्थान हो। सम्मेलनपछि गुफाडाँडा लगायत आसपासका क्षेत्र राष्ट्रिय चर्चामा छ।

त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दुरीमा रहेको ओखरेनीका लागि अर्को रुट झनै रमणीय छ। चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ। स्याउले बजारबाट उकालो लागेपछि विभिन्न बास्नादार वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ। शेर्पाहरुको गाउँमा पाइने नुनचिया, रेल्दुक, आलु मःम (जुन ओखरेनीमा पनि पाइन्छ) लगायत नयाँ स्वाद लिँदै खस्रे लामीडाँडाबाट ओखरेनी पुग्न सकिन्छ। 

यो बाटो धार्मिक पर्यटकीय स्थल पाँचपोखरी पुग्ने रुट पनि हो। आँखै अगाडिको हिमाल हेर्दै लोठसल्ला, लालीगुराँस, गोब्रे सल्लासँग खेल्दै, रमाउँदै प्राकृतिक छटामा रमाउन पाइन्छ। खुलेको हिमाल र लालीगुराँससँग रमाउनका लागि पुसदेखि माघसम्म उत्कृष्ट गन्तव्य हुन सक्छ- ओखरेनी।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  ०५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्