वेलिङटन– त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको छ। मंगलबार वेलिङटनमा भएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन मात्र जोड्न सक्यो।
इंग्ल्यान्डका लागि डविड मालनले ४० बलमा ५९ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। इंग्ल्यान्डलाई रोक्ने क्रममा न्युजिल्यान्डका इश सोधीले ४ विकेट लिए।
त्यसअघि न्युजिल्यान्डले ५ विकेटको क्षतिमा १ सय ९६ रन जोड्यो। न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले ६५ तथा केन विलियमसनले ७२ रनको योगदान दिए।
सिरिजमाअस्ट्रेलियाले ३ जित हात पार्दा न्युजिल्यान्डले १ जित निकालेको छ। तीन जितसँगै अस्ट्रेलिया फाइनलमा पुगिसकेको छ। इंग्ल्यान्ड भने तीनै खेलमा पराजित भएको छ। अब न्यजिल्यान्ड र अस्ट्रेलिया तथा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुन बाँकी छ। त्यसपछि फाइनल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।