कान्दाहार- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सोमबार रातभर सरकारी सेनाले गरेको हवाई आक्रमणमा ४३ तालिवानी लडाकुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन्। घटनामा कम्तिमा २० जना लडाकु घाइते भएका छन्।
तालीवान लडाकूले कान्दाहार प्रान्तको नेस जिल्लामा रहेको अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षित गरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले जानकारी दिए।
सेनाले हवाई आक्रमण शुरु गरेपछि कैयौँ तालिवानी लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ।
घटनास्थलबाट तालिवान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा बन्दोबस्तीका सामान बरामद गरिएको छ। ठूलो मात्रामा प्राप्त भएको विस्पोटक पदार्थलाई नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ।
सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई पनि असर परेको छैन। तालिवानी समूहले भने घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।