सिड्नी- अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नीमा मंगलबार भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन्। सो आगलागी भवन निर्माणाधीन क्षेत्रमा भएको सिड्नीका सरकारी अधिकारीले जनाएका छन्।
आगलागी अग्ला भवन रहेको सहरी इलाकामा भएको र यसलाई निभाउन दमकलसहित २० अग्नि नियन्त्रक कर्मचारी खटाइएको सिड्नी नगर प्रशासनले जनाएको छ। आगलागीमा परी घाइते भएका अधिकांश व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको र केहीलाई भने आगोले पोलेको चिकित्सकले बताएका छन्।
सर्कुलर क्वे बन्दरगाह क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी रहेको विपद् उद्धार मामिला हेर्ने महानगरीय प्रवक्ताले जानकारी दिए। घटना भएको भवन अहिले खाली गरिएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।