काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले केन्याविरुद्ध नेपालले हात पारेको रोमाञ्चक जीतले निकै भावनात्मक बनाएको बताएका छन्। उनले जीतका लागि गरेको मेहनतले रंग ल्याउँदा निकै ठुलो अर्थ राख्ने बताएका हुन्।
इएसपिएन क्रिकइन्फोसँगको कुराकानीका क्रममा सन्दिपले अन्तिम निर्णायक रन लिने बेला सोमपाल कामीले ब्याट चलाउनुअघि नै आफु अफ स्टा«इकबाट दौडेको बताए।
‘आफु बलिङका लागि आउँदा नेपालभन्दा केन्या बलियो अवस्थामा थियो। उसले ६५ रनमा कुनै पनि विकेट नगुमाई ब्याटिङ गरिरहेको थियो,’ सन्दिपले भने, ‘मैले यो स्थितीबाट नेपाललाई फर्काउन राम्रो बलिङ गर्ने सोचेको थिएँ। संयोगले सुरुवाती २ ओभरमै मैले ब्रेक दिएँ र नेपालले २ विकेट हात पार्यो। त्यसपछि भने नेपालले आफ्नो लय समात्यो।’
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा लामिछानेले लिस्ट ’ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका थिए।
उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ए करिअरमा सर्वा्धिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो प्रदर्शन लिस्ट ’ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।