लन्डन- इंग्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा उक्लिएको छ। चेल्सीले गए राति भएको खेलमा वेस्ट ब्रुमलाई ३-० गोलले पराजित गरेको हो।
चेल्सीको जितमा इडिन हजार्डले २ गोल गर्दा भिक्टर मोसेसले १ गोल थपे। हजार्डले खेलको २५ र ७१ मिनेटमा गोल गरे । भिक्टरले ६३ मिनेटमा चेल्सीको अग्रता दोब्बर पारेका थिए।
जितपछि अंक तालिकाको चौथो स्थानमा उक्लिएको चेल्सीले २७ खेलमा ५३ अंक जोडेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ७२, दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५६ र तेस्रो स्थानको लिभरपुलको ५४ अंक छ। ५२ अंक जोडेको टोटनह्याम पाँचौ तथा ४५ अंकसहित आर्सनल छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।