• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नयाँ दिल्लीमा नेपालीको मेहनत, जो अमेजनको सहकार्यमा सफल कार्गो व्यवसायी बने

'पैसाले मात्र कहिल्यै सफल भइँदैन' 
64x64
नेपाल लाइभ बिहीबार, असोज ९, २०७६  १४:२५
1140x725

नयाँ दिल्ली- भारतमा कार्गो व्यवसाय सञ्चालन गर्ने नेपालीहरुको संख्या झन्डै आधा दर्जन छ। प्रख्यात अमेजन कम्पनीसँग सहकार्य गरिरहेको तिनैमध्ये एक कम्पनी हो, बराल लजिस्टिक्स प्रालि। ४ सय जनालाई रोजगारी र भारतका २९ राज्यका ४९ सहरमा ब्राञ्च अफिस विस्तार गर्न सफल यस कम्पनीलाई गुल्मी स्थायी ठेगाना भएका युवराज बरालले म्यानेजिङ डाइरेक्टरका रुपमा हाँकिरहेका छन्। 

भारतीय कार्गो बजारमा कब्जा जमाउँदै गएको बराल लजिटिक्सले रेल, रोड र हवाईजहाजमार्फत सेवा दिँदै आएको छ। हप्तामा सातै दिन, दिनमा चौबीसै घन्टा विभिन्न सिफ्टमा काम हुन्छ। कुनै पनि वस्तु उत्पादन हुने ठाउँबाट ग्राहकको दैलोसम्म भरपर्दो ढंगमा पुर्‍याउने काम गर्दै आएको बराल लजिस्टिक्सले यसलाई ‘डोर टु डोर’ नाम दिएको छ। भारतका विभिन्न सहरमा बराल लजिस्टिक्सका दैनिक ८० वटा गाडीहरु छुट्छन्। तिनले बढी मात्रामा जुत्ता, कपडा र किताब ढुवानी गर्दै आएका छन्। हरेक गाडी जिपिएस र सिसीटिभी क्यामेरा जडान गरिएको छ। उपभोक्ताहरुले आफ्नो सामान कहाँ आइपुग्यो भनेर अनलाइनमार्फत बुझ्न सक्छन्।  

७ वर्षअघि भारतीय बजारमा बराल लजिटिक्स प्रालिको प्रवेश भएको थियो। बरालका ८ मध्ये ७ दाजुभाइले कार्गो व्यसायमा हात हालेका थिए। ५/७ जना स्टाफबाट सुरुवात भएको यो कम्पनीमा यतिखेर ४ सयले रोजगारी पाइरहेका छन्। तिनमा आधा नेपाली र आधा भारतीयहरु छन्। 

अमेजनसँग बराल लजिस्टिक्सले सहकार्य गरेको एक वर्ष पुग्यो। भारतभरि अमेजनका ५ लाख बिक्रेता छन्। तिनले उत्पादन गर्ने सामानहरु अमेजनलाई दिन्छन्। र, अमेजनले उपभोक्ताहरुसम्म पुर्‍याउँछ। अमेजनले कुनै सामान उपभोक्तासामु पुर्‍याउँछ भने सिधै बराल लजिस्टिक्सलाई सम्पर्क गर्छ। अमेजनसँग मात्रै मासिक ५० लाख आइसी कारोबार भइरहेको छ। 

त्यसो त अमेजनको लिगल लजिस्टिक्स पार्टनरका रुपमा व्यवसाय गरिरहेको यो कार्गो कम्पनी यत्तिमै सीमित छैन। यसले भारतका एक दर्जनभन्दा बढी चर्चित ब्रान्डेड कम्पनीसँग काम गरिरहेको छ। त्यसभित्र अक्सफोर्ड युनिभर्सिटी र क्याम्ब्रिज युनिभर्सिटीको प्रेस, कपडामा भारतकै सबैभन्दा महँगो ब्रान्ड मानिने ऋतुकुमार, भारतका सबैभन्दा ठूला अनलाइन सपिङ साइट फिलिप्कार्ट, म्यान्त्र लगायत अन्य ब्रान्डहरु रेमन्ड, विवा, अपरेल, क्लाउटेलसँग सहकार्य गरिरहेको बराल लजिस्टिक्सले यी ब्रान्डेड कम्पनीहरुका उत्पादन उपभोक्ताहरुको अर्डर अनुसार घर दैलोमै पुर्‍याउने सेवा प्रदान गर्दै आएको छ। 

‘ठूलो रकममा कारोबार गर्दै आएका कम्पनीबाहेक भारतभरि साढे ५ सय कम्पनीसँग सिधै सहकार्य भइरहेको छ,’ नयाँ दिल्लीको उखरमाउलो गर्मीमा एक मध्याह्न युवराज बरालले भने, ‘अर्को वर्ष हामी यो संख्या दोब्बर पुर्‍याउनेछौं।’ 

बराल लजिस्टिक्सको सुरुवाती लगानी थियो, २ करोड भारु। ७ वर्षको दौरानमा अहिले यसको कुल लगानी ३० करोड पुगिसकेको छ। मासिक साढे २ करोडको कारोबार गर्ने यस कम्पनीले भारत सरकारलाई वार्षिक ३ देखि ४ करोड भारु कर तिर्दै आएको छ। कम्पनिले यत्तिको कारोबार गर्दै आए पनि बराल भने यत्तिमै सन्तुष्ट छैनन्। यसै वर्ष कम्पनीमा लगानी, जनशक्ति र ब्राञ्च अफिस दोब्बर पुर्‍याउने लक्ष्यका साथ अघि बढेका छन्।   
 
सधैंको दौडधुप
५३ वर्षको उमेरमा एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्षसमेत रहेका बराल यति दौडधुप गरिरहेका छन्। लाग्छ, उनलाई आफ्नो टार्गेट पुर्‍याउन हतारो भइरहेको छ। छिनछिनमा उनको मोबाइलको घन्टी बजिरहन्छ। हिन्दीमा सबैको जवाफ फर्काउँदै फेरि कुराकानीको सिलसिलामा जोडिरहँदा उनमा पटक्कै थकान भेटिँदैन। उस्तै उज्यालो मुहार देखिन्छ र ऊर्जावान् देखिन्छन्। त्यसको पछाडि उनको परिवार र आफन्तको पूरापूर साथ र सहयोग छ। 

अमेरिकाबाट पिएचडी गरेर नेपाल फर्किएका उनका भाइ रोमनाथ प्रोफेसर छन्। बाँकी ७ भाइ भारतका ४९ वटा कार्गोका ब्राञ्चहरुमा सक्रिय छन्। 'काका, भतिजा, सालासाली पनि यसै व्यवसायमा छौं,' अलि ठट्यौलो शैलीमा प्रस्तुत भएका बरालले भने, ‘हाम्रो कम्पनीमा डाक्टरबाहेक सबै सेसाका कर्मचारी छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

उनको कम्पनीमा १५ हजार भारुदेखि १ लाख तलब थाप्ने थुप्रै कर्मचारी छन्। ती सबैलाई खान, बस्नको अलग सुविधा प्रदान गरिएको छ। कर्मचारीहरुलाई कामदारका रुपमा होइन परिवारकै सदस्यका रुपमा व्यवहार गरिन्छ। रोजगारी दिएर मात्र हुँदैन उनीहरुलाई सन्तुष्टि दिलाउनुपर्छ भन्ने उनको मान्यता छ। 

‘संयुक्त रुपमा मिलेर व्यापार गर्नुका फाइदा के रहेछन्?’ बराललाई सोधियो। 

‘धागो चुँडाल्न जसले पनि सक्छ, तर धागोधागोले बनेको डोरी चुँडाल्न कसैले सक्दैन,’ उनले भने, ‘हामी डोरी बनेका छौं।’ 

सबै जना यसरी नमिलेको भए यो स्थानसम्म पुगिँदैन कि भन्ने पनि उनलाई लाग्छ। उपभोक्ताको सामान चोरी हुन नदिन र हरबखत सेवा गर्न उनीहरु कटिबद्ध छन्।

बराल आफ्ना दाजु राजकुमार बराललाई प्रेरणाका स्रोत मान्छन्। यहाँका मारवाडी व्यापारी पनि उनका लागी प्रेरक र मार्गदर्शक बने। मारवाडीसँगको संगतले उनले केही कुरा सिके– सानो भएर झुकेर काम गर्नुपर्छ, देखावटी कम, काम बढी गर्नुपर्छ। 

उनले त्यही बाटो अँगाले। आफ्नो अनुभवबाट युवा पुस्तालाई केही टिप्स दिए। नोकरी नगर, ठेलामा अरु सामान बेचे पनि, तरकारी बेचे पनि केही व्यापार गर, अरुलाई रोजगारी देऊ। अरुबाट पालिनेभन्दा पनि अरुलाई पाल्नेबारे सोच। 

भारतमा बसेर व्यापार गर्न कठिन छ। नोट बन्दी र गुड एन्ड सर्भिसेज ट्याक्स (जिएसटी) पछि धेरैको व्यापार धराशायी भइरहेको छ। जसले भारतीय नियम, कानुन र प्रणालीलाई पछ्याउँदैन उनीहरुको व्यापार डामाडोल छ। तर बराल लजिस्टिक्सलाई त्यसले कुनै असर पुगेको छैन। किनकि सरकारले तोकेका हरेक मापदण्ड उसले पूरा गरेको छ। नयाँनयाँ प्रविधिलाई पछ्याएको छ। र, इमानदारीले गर्दा ठूलाठूला ब्राण्डको मन जितेको छ। 

गुल्मीको ग्वाली माध्यमिक विद्यालयबाट ८, ९ र १० कक्षा उत्तीर्ण गरेका बरालले लामो समय भारतमा बित्यो। उनका बुबा नेभीमा काम गर्थे। नेपालमा ६ महिना खान पुग्ने, बाँकी ६ महिना नपुग्ने पारिवारिक स्थिति भएपछि उनको मनमा सधैं एउटै कुरा खेलिरहन्थ्यो, कुनै यस्तो काम गरौं, जसले सबैलाई सधैंभरि रोजगारी दिन सकियोस्। कसैले मलाई रोजगारी दिए हुन्थ्यो भन्दा पनि अरुलाई रोजगारी दिन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। 

कुराकानीका क्रममा बरालले यही लाइन पटकपटक दोहोर्‍याइरहे। उनले यतिबेला जुन हैसियत बनाएका छन्, त्यो पनि यही विचार अँगालेर हो। यही विचारले डोर्‍याएको पथमा हिँडेर हो। मुम्बईको हरगोविन्द टी हाइस्कुलबाट प्लस टु र आन्ध्र प्रदेशको हैदराबादबाट बिकम गरेका उनले पढ्दै गर्दा नोकरी गर्नुपर्ने बाध्यता थियो। 

कुरियरबाट उनको जागिरे जीवन सुरु भएको थियो। काम थालेको ६ महिनामै उनी म्यानेजर पदमा पुग्न सफल भए। साढे ३ वर्ष कुरियरको अनुभव बटुलेका उनले पछि आफ्नै व्यापार गर्ने सुरले कार्गो क्षेत्रमा हात हाले। सफलताको एउटा बिन्दुमा पुगेका युवराज र उनका साथीहरु मिलेर यतिबेला भारतमा बैंक खोल्ने तयारीमा छन्। त्यसका लागि भारतभरि छरिएका ३ हजार जना व्यवसायी एकजुट भइसकेका छन्। 

त्यसो त नेपालमा कुनकुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा नेपालका मन्त्रीहरुसँग पटकपटक बराल र उनका साथीहरुले संयुक्त रुपमा वार्ता गरेका छन्। भारतमा बस्ने व्यापारीहरु नेपालमा लगानी गर्न इच्छुक छन्। तर एउटै समस्या छ, सुरक्षाको। नेपाल सरकारले सुरक्षाको त्यो वातावरण दिने हो भने धेरैलाई लगानीमा आकर्षित गर्न सकिन्छ।    

करोडौं रकमको कारोबार गरे पनि बराललाई अझै गर्नुछ। उनलाई लाग्छ, पैसाले मात्र कहिल्यै सफल भइँदैन। 

'सफल त्यति बेला भइन्छ, जतिबेला आफूले कमाएको पैसा समाजसेवा, भावी पिँढीका लागी केही गर्न सकियोस्, अरुलाई ज्ञान दिन र बाटो देखाउन सकियोस्,’ उनले भने ‘बल्ल त्यो बेला सफल भइन्छ।’ 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्