प्योङचाङ- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि(आइओसी)का अध्यक्ष थोमस बचले आसन्न शीतकालीन ओलम्पिकपछि उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।
ओलम्पिकअघि उत्तर कोरिया, दक्षिण कोरिया र आइओसीसबचमा भएको त्रीपक्षीय सम्झौताअनुसार आफुले उत्तरको भ्रमण गर्ने सोमबार बचले जानकारी दिएका हुन्।
सो बैठकमा भएको सहमतीअनुसार नै ओलम्पिकको उद्घाटन सत्रमा दुबै कोरियाले संयुक्त झन्डामुनि मार्चपास गरेका थिए। ओलम्पिक खेलकुदको इतिहासमै पहिलो पटक दुबै कोरियाली खेलाडी समेटेर बनाइएको संयुक्त महिला आइस हक्की टोलीलेसमेत प्रतियोगितामा सहभागिता जनाइरहेको छ।
यसअघि प्योङचाङमा भएको ओलम्पिकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बचले प्रतियोगिताले विश्वसामु शान्तिको सन्देश दिएको बताएका थिए।
अध्यक्ष बचले भने, ‘हामीहरुबिच रहेको विविधतामा एकता अन्य समूहको भन्दा बढी शक्तिशाली छ जसले यो एकता भाड्न खोजीरहेको छ।’
९२ राष्ट्रका करिव ३ हजार एथलेटको सहभागिता रहेको प्योङचाङ ओलम्पिक आगामि फेब्रुअरी २५ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।