काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत ४ टिम शीर्ष २ पर्ने होडमा रहेका छन्। शीर्ष स्थानको क्यानडा, दोस्रो स्थानको नेपाल, तेस्रो स्थानको युएई र चौथो स्थानको नामिबियाको शीर्ष २ मा पर्ने सम्भावना कामयै छ। ३–३ हार बेहोरेका केन्या र ओमान भने शीर्ष २ को होडबाट बाहिरिएका छन्।
क्यानडा र नेपालको समान ६–६ अंक छ। क्यानडा र नेपालले समान ३–३ खेलमा जित र १–१ खेलमा हार बेहोरेका छन्। युएई र नामिबियाले २-२ खेलमा जित हात पारेका छन्। नामिबियाले ३ खेल मात्र खेलेको छ।
अब नेपालले शीर्ष २ मा पर्न बुधबार हुने खेलमा क्यानडालाई पराजित गरे पुग्छ।
क्यानडासँग पराजित भएको खण्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना कठिन बन्नेछ। कमजोर रनरेट हरेको नेपालका लागि शीर्ष २ मा पर्न यूएई र नामिबियाको हारको कामना गर्नु बाहेक विकल्प हुनेछैन। नामिबियाले दुवै खेलमा जित हात पारे नेपालसँग समान अंक बटुल्नेछ । युएईले जित हात पारे पनि नेपालसँग समान अंक बटुल्नेछ ।
अन्तिम चारणको खेलमा क्यानडा र नेपाल, युएई नामिबिया तथा केन्या र ओमानबीच खेल हुनेछ।
त्यसअघि मंगलबार केन्या र नामिबियाबीच खेल हुनेछ।
शीर्ष २ मा पर्ने टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।