काठमाडौं– आईसिसी बिश्व क्रिकेट लिग डिभिजन २ को चौथो खेलमा नेपालले अन्तिम बलमा सनसरीपूर्ण जित हात पारेपछि नेपाली क्रिकेट टिमको सर्वत्र प्रशंसा भइरहेको छ। केन्याविरुद्धको खेलमा नेपालले अन्तिम बलमा ३ विकेटको जित हात पार्याे।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले १ सय ७८ रनको लक्ष्य पाएको थियो। सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा केन्या एक सय ७७ रनमा समेटिएको थियो। १० ओभरमा सन्दीपले ५ विकेट लिएर २० रन मात्र दिएका थिए।
अन्तिम बलमा जित हात पारेपछि सन्दीपले यो आफुहरुको परम्परा नै भएको टिप्पणी गरेका छन्। प्रतियोगिताको रिपोर्टिङका लागि केन्यामा रहेका यूएईका पत्रकार पउल राड्लसँग उनले भने,‘यो नेपाली क्रिकेटको परम्परा नै हो’
करिअरकै उत्कृष्ट बलिङ गरेका सन्दीप नै म्याद अफ दी म्यान बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।