काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत केन्या विरुद्धको खेलमा अनिलकुमार साहले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन्।
यसअघिका तीन खेलमा मौका नपाएका अनिललाई विकेटकिपर ब्याट्सम्यान दिलीप नाथको स्थानमा खेलाइएको हो। दिलीपले नामिबिया विरुद्ध शून्य, ओमानविरुद्ध १९ र युएई विरुद्ध २ रन मात्र बनाउन सकेका थिए।
दिलीप टिममा नपरेपछि केन्या विरुद्धको खेलमा ज्ञानेन्द्र मल्लले विकेटकिपिङ गर्नेछन्।
केन्या विरुद्धको नेपाली टिम: पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, ज्ञानेन्द्र मल्ल (विकेटकिपर), अनिलकुमार साह र सन्दीप लामिछाने ।
तस्बिर : रमन सिवाकोटी/ नेपाली टिम म्यानेजर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।