इंग्ल्यान्ड- न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको बलियो टोली म्यानचेस्टर युनाइटेड(म्यान्यु)माथि आश्चर्यजनक जीत निकालेको छ।
घरेलु मैदान सेन्ट जेम्स पार्कमा गत अक्टोबरपछि पहिलो खेलमा जीत हात पार्ने क्रममा न्युक्यासलले म्यानचेस्टरलाई १–० ले पछि पारेको हो।
न्युक्यासलका लागि खेलको ६५ मिनेटमा म्याट रिचीले निर्णायक गोल गरे।
खेलको ६४ प्रतिशत समय बल आफ्नो पक्षमा पारे पनि म्यानचेस्टरले गोल गर्न सकेन। हारसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले लिगलिडर म्यान्चेस्टर सिटीसँगको अंकदुरी १६ बाट १३ मा झार्ने मौका गुमाएको छ।

उता युनाइटेडको हारले म्यानचेस्टर सिटीलाई भने आगामि अप्रिल ७ मा इतिहाद रंगशालामा हुने यो सिजनको उपाधी थाप्ने बाटो सहज बनेको छ।
उता गएराति नै भएका अन्य खेलहरुमा लिभरपुलले साथह्याम्पटनलाई २–० ले पाखा लगाउँदा हडर्सफिल्डले बर्नमाउथमाथि ४–० को शानदार जित हात पारेको छ।
इंग्लिस प्रिमियर लिगमा आज एक मात्र खेल हुनेछ। आज चेल्सीले वेस्ट बु्रमबिच अल्वियनको सामना गर्नेछ।
लिगको अंक तालिकामा लिभरपुल, टोटनह्याम र चेल्सी क्रमशः तेस्रो, चौथोँ र पाचौँ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।