कठमाडौं -काठमाडौं परिसरका एसएसपीसँगै प्रहरी मुख्यालयले आइतबार तीन डिएसपीको समेत सरुवा गरेको छ। परिसरका मुद्दा शाखाका डिएसपी बेलबहादुर पाण्डेलाई संघीय प्रहरी इकाई दिपालय पठाइएको छ।
कठमाडौं परिसरको मुद्दा शाखामा डिएसपी मोहन थापालाई सरुवा गरिएको छ। थापा महानगरीय प्रहरी वृत्त जनसेवाका कार्यरत थिए।
जनसेवा वृत्तमा बिशेष ब्यूरोमा कार्यरत डिएसपी टेकानन्द लिम्बुको सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार परिसरका एसएसपी रबिन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई सरुवा गरेको थियो। धानुकलाई संघीय प्रहरी इकाई द्यौलागिरीमा सरुवा गरिएको छ।
एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धानमा चलखेल गरेको आरोपमा धानुक र पाण्डेलाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।
परिसरमा सरुवा भएका एसएसपी पोखरेल र डिएसपी थापालाई सोमबार नै हाजिर हुन निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।