काठमाडौं- प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको सपथ सोमबार बिहान साढे ९ बजे हुने भएको छ।
नेकपा एमाले र माओवादी केन्द्रले संयुक्तरुपमा एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेपछि प्रदेशको संसद् सचिवालयले मुख्यमन्त्रीको सपथको समय तय गरेको हो।
माओवादी केन्द्रका प्रदेश संसदीय दलको नेता शालिकराम जमकट्टेलले आइतबार निवेदन लेख्दै एमालेका पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आग्रह गरेका थिए।
प्रदेश ३ मा एमाले एक्लैको बहुमत छ। वाम गठबन्धनको सहमति अनुसार एमालेले माओवादी केन्द्रसँग मिलेर प्रादेशिक सरकार चलाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।