काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका नेपालका कप्तान पारस खड्का म्यान अफ दि म्याच भएका छन्।
पारसले १६ ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनी ५१ रन बनाएर आउट भए। पारसले ४८ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे।
यस्तै उनले २ विकेट पनि लिए। उनले ७ ओभरमा २ मेडन राख्दा २० रन खर्चिए।
खेलमा नेपालले युएईलाई ४ विकेटले हरायो। पहिले ब्याटिङ गरेको यूएई १ सय १४ रनमा अलआउट भयो। १ सय १५ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ३१ बल बाँकी छदा पार गर्यो।
प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको हो। पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।