हेटौंडा- प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश ३ का संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख अनुराधा कोइरालाले डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री नियुक्तिको जानकारी दिए।
नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।