अफगानिस्तान– अफगानिस्तानको उत्तरी प्रान्त तखारमा तालिवान आतङ्ककारीविरुद्ध गरिएको एक सुरक्षा कारबाहीको क्रममा १ प्रमुख कमाण्डरसहित ८ जनाको मृत्यु भएको छ।
कारबाहीको क्रममा तखार प्रान्तका तालिबान प्रमुख कमाण्डर मिर वालीसहित ८ आतङककारी मारिएका बताइएको हो। मिर वाली तखार प्रान्तको तालिवान आतङ्कारी समूहका कमाण्डर थिए ।
सो प्रान्तका प्रहरी प्रवक्ता अब्दुल खालिल आसिरले सो कारबाहीको आइतबार जानकारी दिनुका साथै हताहतको पनि पुष्टि गरेका छन्। तालिबान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको वासिर खिल र दर्काद जिल्लामा समेत कारबाही जारी रहेको बताइएको छ।
गत बिहीबारबाट सुरु गरिएको यस सुरक्षा कारबाहीमा एक दर्जनभन्दा बढी आतङ्ककारी घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।
यस सुरक्षा कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैन। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।