ताईपाइ- ताइवानमा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १७ पुगेको सरकारी अधिकारीहरुले आइतबार बताएका छन्।
ताइवानको हुआलेन नजिकै केन्द्रबिन्दु भएर गत मंगलबार राती ६.५ म्याग्नीच्युडको भूकम्प गएको थियो। भूकम्पबाट प्रभावितहरुलाई सहयोग, उद्धार र खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
अहिलेसम्म मृत्यु भएका १७ जना मध्ये नौ जना चिनियाँ नागरिक रहेका छन्, भने ५ जना ताइवानी रहेको बताइएको छ। त्यसैगरी एक जना फिलिपिनियो र दुई क्यानडाली रहेका अधिकारीहरुले जनाएका छन्।
भूकम्पमा परी कुल २ सय ८५ जना घाइते भएका छन्। उनीहरु मध्ये केहीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने केही घाइतेहरु घर फर्किसकेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।