नयाँदिल्ली- भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन्।
विद्रोहीको गोली लागि सैनिक अस्पतालमा भर्ना भएकी ती घाइते महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ।
पाराम्जीत कउर नाम गरेकी ती महिला र शिशुको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन्।
गर्भवती ती महिलालाई गोली लागेपछि सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल पुर्याइएको थियो।
सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा ती भर्ववती महिलालाई गोली लागेको थियो।
घाइते महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधिहरु दिइएको थियो।
बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
सो घटनामा परी ३ जना लडाकू र २ जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले बताएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।