काठमाडौं– सरकारले २ सय ९७ जना सहिदको सूची सार्वजनिक गरेको छ। हालै घोषणा गरिएका सहिदहरुको सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो।
सहिद सूचीमा विभिन्न समयमा राज्य र तत्कालीन विद्रोही पक्षबाट मारिएका व्यक्तिहरुको नाम छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न समयमा मारिएका व्यक्तिहरुलाई सहिद घोषणा गरेको थियो।
तीन साताअघि सरकारले एक सय ९० जनाको सूची सार्वजनिक गरेको छ। पटक पटक सूची सार्वजनिक गरे पनि सबै सहिदको सूची भने आफूहरुसँग नभएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन्।
हेर्नुस् सूची-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।