• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘धेरै पढेर के छ काम?’

64x64
नेपाल लाइभ आइतबार, असोज ५, २०७६  ०५:५५
1140x725

इटहरी- २३ वर्षका ब्रह्मदेव मुखिया ११ वर्षदेखि कोशीमा माछा मारिरहेका छन्। सप्तरीको कञ्चनपुर निवासी उनको माछा मारेरै परिवार पाल्नु जिम्मेवारी हो। हालसम्म औपचारिक कक्षा नलिएका उनले विद्यालयको हाताभित्र पाइला समेत नराखेको बताए। 'सर-मिसले कुट्छन्' भनेर बुवाआमाले विद्यालय पढ्न नपठाएको उनले सुनाए।

उमेर बालकबाट किशोरावस्थातिर लागेपछि ब्रह्मदेव गाउँका दाइहरुसँगै कोशीमा माछा मार्न जान थाले। उनलाई माछा मार्नमै रस पस्दै गयो। घरदेखि २ किलोमिटर टाढाको विद्यालय जानुभन्दा १० किलोमिटर टाढाको कोशी नदी पुग्न उनलाई सहज लाग्यो। अहिले उनी कोशीका माछामै आफ्नो जीवन खोजिरहेका छन्।

यद्यपि, उनलाई नपढेकोमा भने कुनै पछुतो छैन, बरु वैदेशिक रोजगारीमा मलेसिया जान नपाएकोमा भने दुःखी छन्। ‘घरमा पढ्ने वातावरण नै भएन,’ उनी भन्छन्, ‘हाम्रा गाउँमा पढेका केटाहरु पनि हामीसँगै माछा मार्छन्। पढेर केही काम नै रैनछ।’

०००

उनको छेवैमा छन् पिन्टु मुखिया। माछा मार्नकै लागी कोशी किनारमा भेला भएका छन् उनीहरु। कक्षा दुईसम्म पढेका पिन्टुले पनि पढाइ छाडेको १३ वर्ष भयो। विद्यालय नजानुमा ब्रह्मदेवको जस्तै कारण छ पिन्टुको पनि। 'मिसले कुटेपछी बाबुआमाले पढ्न पठाउन छाडे,' त्यसपछि के गरे त पिन्टुले? भन्छन्- 'स्कुल जान छाडेपछि गाउँकै दाइहरुसँगै कोशीमा आउन थालें।'

अहिले उनको हातमा कापीकलम होइन, माछा मार्ने जाल छ।

उनका भाइ र बहिनीले पनि विद्यालय जान पाएका छैनन्। पढ्दा पैसा लाग्ने र कुटाइ पनि खाने भएपछि किन जानु भन्दै बाबुआमाले पढ्न नपठाएको उनी सुनाउँछन्। अहिले उनलाई पनि बाबुआमाकै कुरा सही लाग्न थालेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कक्षा १२ सम्म पढेका अन्टडु मुखिया पिन्टुसँगै माछा मार्छन्। अन्टडु भन्दा आफू माछा मार्न पोख्त भएपछि पिन्टु पढाइको महत्व नै देख्दैनन्।

कक्षा १० भन्दामाथि पढ्न पैसा लाग्ने भएपछि कञ्चनपुरमा अधिकांशले छोराछोरीलाई नपढाउने गरेको मुखियाले बताए। उनका अनुसार गाउँमा १० कक्षाभन्दा माथि पढ्ने केही मात्रै छन्।

गाउँका अधिकांश युवाहरु मलेसियामा रहेको उनको भनाइ छ। उनी पनि मलेसीया जाने दाउमा बसेका छन्। तर, मलेसिया जान नपाउने भएपछि उनी माछा मार्न कोशी आउँछन्। अबको उनको एकमात्र उद्देश्य मलेसिया जाने र घर बनाउने छ।

दिउँसो अत्याधिक गर्मी भएकोले कोशी किनारमा थकाइ मारिरहेका उनीहरुसँगको कुराकानीका क्रममा साइकल लिए आएका थप ३ किशोर त्यहीँ मिसिए। विद्यालय जान छोडेर कोशी नदीमा आउने उनीहरुको पनि दिनचर्या रहेछ। कोशीमा गएर माछा मार्न सिक्न र पौडी खेल्न उनीहरुलाई पढ्नुभन्दा ज्यादा रमाइलो लाग्छ।

०००

कोशी किनारमा मात्र होइन, इटहरीको मुस्लिम टोलका युवामा पनि पढाइलाई लिएर समान बुझाइ छ। गाउँमा कक्षा १२ सम्म पढेका युवाहरु बेरोजगार छन्। मलेसियाको भिसा कुरेर बसिरहेका उनीहरुलाइ देखेर अन्य युवाहरुमा पनि पढ्ने जाँगर चलेको छैन। युवाहरुमा मात्र होइन, हरेक परिवारमा 'पढेर काम छैन' भन्ने बुझाइ रहेछ।

सोही टोलका सबिर मोहम्मद आर्थिक अभावका कारण धेरैले पढाइ छाडेको बताउँछन्। उनले पनि ५ कक्षा सम्ममात्र औपचारिक शिक्षा लिएका छन्। घरमा पनि पढ्नुपर्छ नभन्ने र आफूलाई पनि पढ्न खासै मन नलाग्ने भएकाले पढाइ छाडेको उनले सुनाए।

युवाहरुमाझ केही बढी जान्ने-बुझ्नेमा गनिदा रहेछन्- अर्मान मोहम्मद। उनले मदरसामा ५ कक्षासम्म पढेका छन्। घरमा पनि 'पढेका व्यक्तिले केही नगरेको' भन्दै विदेश जान सल्लाह दिने गरेको उनको भनाइ छ। उनी पनि सबिरजस्तै अहिले मलेसीयाको भिसा कुरेर बसेका छन्।

भिसा कुरेर बस्ने अधिकांश युवाहरुको दिन लुडो खेलेर बित्छ। अन्ततः विदेश नै जाने भएपछि किन पढ्ने भन्ने बुझाइमा छन् युवाहरु। बरु केही सीप भए विदेशमा सजिलो हुने बुझेपछि केहीले सीप सिक्न समेत थालेका अर्मानले जानकारी दिए। उनीहरु विशेषतः इलेक्ट्रिकल, मेकानिकल, प्लम्बरलगायत सीप सिक्ने गर्छन्।

पढेर जागिर पाउने ग्यारेन्टी नभएको अर्मानले दुःखेसो पोखे। 'पढेर न जागिर मिल्छ, न आम्दानी हुन्छ। धेरै पढेर के छ काम?,' उनले प्रश्न गरे, 'अन्तिममा माछा नै मार्नुपर्ने भएपछि को यहाँ बस्छ? जान्छ सबै मलेसिया।'

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्