बेइजिङ (एजेन्सी)– चीनमा हालै मुटु चिसो पार्ने घटना भएको छ। दुई तलामाथि पार्किङ गर्ने स्थानबाट कार एक्कासी तल झरेपछि खैलाबैला मच्चिएको थियो। घटनाको समय कारभित्र दुई जना रहेको बताइएको छ।
तर, रोचक कुरा दुवैलाई साधारण चोट मात्र लाग्यो। उनीहरू बच्न सफल भए। यो घटना चीनको दक्षिणीपूर्वी शहर चाङक्विङमा फेब्रुअरी ४ मा एउटा मल्टिलेवल पार्किङमा भएको थियो। पार्किङमा जडित सिसिटिभी फुटेजबाट स्पष्ट देखिन्छ, कार हाकिरहेका चालकले पार्किङका लागि कारलाई तल लैजान खोज्दा गाडी ह्वात्त अगाडि बढेको थियो। पार्किङ नजिकै पुगेपछि कारको रफ्तार बढेको देखिन्छ। यसैकारण चालकले पार्किङका लागि बनाइएको युटर्नमा कारलाई मोड्न सकेनन्। कार पार्किङको पर्खाल फोडेर सिधै भूई तल्लामा झरेको थियो।
कार तल झर्दा उल्टो अवस्थामा थियो। कारभित्र फसेका व्यक्तिलाई स्थानीयले सुरक्षा गार्डको सहयोगले बाहिर निकालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।