दैलेख- नेकपा एमालेका राजबहादुर शाही प्रदेश ६ को प्रदेशसभा सभामुखमा निर्विरोध चयन भएका छन्। प्रदेश सचिवालयका अनुसार शाहीको मात्र मनोनयन दर्ता भएकाले उनी सभामुखमा निर्विरोध चयन भएका हुन्। उनी दैलेख प्रदेशसभा २ (ख)बाट निर्वाचित भएका थिए।
प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने तय भइसकेको छ। वाम गठबन्धनको सहमति अनुसार प्रदेश ६ को सभामुख एमालेको भागमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।