काठमाडौं– सस्तोमा सुन बिक्रि गर्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले दाङका नरेन्द्र महरा, ललितपुरका इन्द्रसिंह धामी, दार्चुलाका भुपेन्द्रसिंह धामी र चितवनमा भारत बिलाश पराजुलीलाई पक्राउ गरेको हो।
उनीहरुले एक व्यक्तिलाई सस्तोमा सुन बेच्ने भन्दै २० लाख रुपैयाँ लिएका थिए। पैसा लिएपछि फरार भएका उनीहरुलाई २० लाख ५० हजार पैसासहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनीहरु रेडपण्डाको छालाको समेत कारोबारमा संलग्न रहेको खुलेको छ। उनीहरुबाट प्रहरीले रेडपण्डाको छाला पनि बरामद गरेको छ।
उनीहरुको बा ११ च ७६४२ नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।