काठमाडौं- नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।
आइतबार बिहान बसेको प्रदेश कमिटीको बैठकलाई गुरुङलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। दलको नेता चयन भएसँगै गुरुङले प्रदेश नम्बर ४ को प्रादेशिक सरकारको नेतृत्व गर्नेछन्।
मुख्यमन्त्रीमा एमालेका किरण गुरुङले समेत दाबी गर्दै आएका थिए। अन्तिम समयमा आएर किरणले दाबी फिर्ता लिएपछि पृथ्वीसुब्बाको नाममा सर्वसम्मति जुटेको हो। दुवै नेता पार्टीभित्र अध्यक्ष केपी ओली निकट मानिन्छन्।
यसअघि प्रदेश नम्बर १ र ३ मा एमालेले निर्वाचनबाट दलको नेता चयन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।