• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ऐतिहासिक खेलमा संयुक्त कोरियाली हक्की टोलीले खायो ८ गोल, स्विस खेलाडी मुलरको ‘डबल ह्याट्रिक’ 

64x64
नेपाल लाइभ आइतबार, माघ २८, २०७४  १२:४४
1140x725

सिओल- संयुक्त कोरियाली महिला आइस हक्की टोलीले शीतकालीन ओलम्पिकको पहिलो खेलमा नै पराजय भोगेको छ। शुक्रबारबाट दक्षिण कोरियाको प्योङचाङमा सुरु भएको ओलम्पिकको पहिलो दिनको खेलमा नै कोरियाली टोलीले स्विजरल्यान्डसँग ८–० को फराकिलो हार व्यहोरेको हो। 

क्वानदोङ हक्की केन्द्रमा सन् २०१४ को रजत पदक विजेता टोली स्विजरल्यान्डसँग पराजय भोगे पनि सो खेललाई ऐतिहासिक खेलको रुपमा हेरिएको छ। 

ओलम्पिकमा सहभागिताको बारेमा दुई कोरियाबिचको उच्चस्तरीय वार्तामा भएको सहमतिअनुसार नै उद्घाटन सत्रमा दुबै कोरियाली टोलीले संयुक्त झन्डामुनि मार्चपास गरेका थिए। यसपटक दुबै टोलीले खेलका क्रममा पनि संयुक्त झन्डा नै प्रयोग गर्नेछन्। 

सोहि सहमतिअनुसार महिला आइस हक्की टोलीमा दुबै देशका खेलाडीलाई संलग्न गराएर संयुक्त टोली बनाइएको थियो। जम्मा २३ खेलाडी रहेको संयुक्त हक्की टोलीमा १२ खेलाडी उत्तरका छन् भने कम्तिमा ३ उत्तरका खेलाडी अनिवार्य रुपमा एरिना(हक्की खेल्ने मैदान)मा उत्रनुपर्ने सहमती बनेको थियो। 

खेलमा स्विजरल्यान्डकी एलिना मुलरले पहिलो र दोस्रो हाफमा गरी २ ह्याट्रिक गरेकी थिइन्। बाँकी २ गोल भने फोबे स्टान्ज र लारा स्टरडेरको नाममा रह्यो। 

खेल अवधिभर स्विस टोलीले कोरियाली पोष्टमा ५२ पटकसम्म गोलका लागि प्रहार गर्दा कोरियाली टोलीले मात्र ८ पटक मात्रै सो अवसर सिर्जना गरेको थियो। तर प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा खेलअवधीभर निरीह देखिएको कोरियाली टोली ऐतिहासिक खेलमा गोल गर्नबाट चुक्यो। 

Ncell 2
Ncell 2

सो ऐतिहासिक खेल हेर्न रंगशालामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बच, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इन, उत्तर कोरियाको तर्फबाट संवैधानिक संसद प्रमुख किम योङ नाम तथा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ दल लेवर्स पार्टीको केन्द्रिय समितिकी उप–निर्देशक किम यो जोङलगायत उच्चस्तरिय अधिकारीहरुको उपस्थिती रहेको थियो। 

संयुक्त टोलीको निर्माण गर्दा खेलाडी छान्न नै त्यति सहज नभएको र प्रशिक्षक सराह मुर्रेलाई प्रशिक्षणका दौरानमा भाषाका कारण निर्देशन दिन अप्ठेरो भएकोले पनि खेलाडीहरुको मैदानमा राम्रो प्रदर्शन गर्न नसकेको औँल्याइएको छ। 

यसअघि टोलीले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पनि स्विडेनसँग ३–१ ले पराजय भोगेको थियो। 

संयुक्त झण्डाका साथ घरेलु टोलीलाई समर्थन तथा खेलाडीको हौसला बढाउन ठूलो संख्यामा रंगशाला पुगेका कोरियाली दर्शक प्याराफिटबाट निराश हुदैँ फर्किएका थिए। 
रातो सुटमा सजिएका करिब १ सयभन्दा बढी उत्तर कोरियाली चेयर लिडरले रंगशालामा उत्तर कोरियाकै पप गीत गाएर संयुक्त टोलीको हौसला बढाएको दृश्य हेर्नलायकको देखिन्थ्यो। 

रंगशालामा उपस्थित भएर खेल हेरिरहेका दर्शकले संयुक्त टालीको खेल हेर्न पाएकोमा आफुलाई निकै भाग्यमानी ठानेको बताएका थिए। 

यसअघि आयोजक राष्ट्र दक्षिण कोरियाका लागि लिम ह्यो–जुनले सर्ट ट्रयाक स्पिड स्केटरमा पहिलो स्वर्ण दिल्याएकी थिइन्। 

तर प्रतियोगिताको पहिलो स्वर्ण भने स्विडेनका चारलोटे कालाको नाममा दर्ता भयो। उनले महिला स्काइथलन स्पर्धामा पहिलो स्थान प्राप्त गरिन्। सोहि स्पर्धामा नर्वेली म्यारिट जोर्जेनले रजत पदक हात पार्दै ओलम्पिकको इतिहासमा सर्वकालिक बहुप्रतिभाशाली महिला खेलाडी बन्न पुगेकी छन्।  

प्रतियोतिाअन्तर्गत आज दोस्रो दिनको खेल चलिरहँदा जर्मनी २ स्वर्णका साथ शिर्षस्थानमा छ। १ स्वर्ण जितेको नेदरल्यान्ड कुल ४ पदकसहित दोस्रो स्थानमा रहँदा आयोजक दक्षिण कोरिया, स्विडेन तथा अमेरिकाले १ स्वर्ण प्राप्त गरेका छन्।

हालसम्म कुल ९ राष्ट्र तथा १ स्वतन्त्र खेलाडीले पदक प्राप्त गर्न सकेका छन्।  

प्रस्तुतिः विमर्श कँडेल

प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुपन्देही–३ मा रास्वपाका लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी
एमालेका विष्णु पौडेललाई ४२ हजार मतान्तरले पराजित गर्दै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
रुपन्देही–३ मा रास्वपाका लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
एमालेका विष्णु पौडेललाई ४२ हजार मतान्तरले पराजित गर्दै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित शनिबार, फागुन २३, २०८२
बझाङबाट ऐन महर निर्वाचित शनिबार, फागुन २३, २०८२
भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्