काठमाडौं– थ्रीस्टार क्लबका कप्तान विक्रम लामाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ। राति १ बजे उनको शल्यक्रिया भएको हो।
दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको हो ।
लामाको आइतबार देखिनै फिजियोथेरापी शुरु गरिने र उनी ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा. चक्रराज पाण्डेले बताए।
धरानमा शनिबार भएको बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो। खेलमा थ्रीस्टार १–० गोलको जित निकाल्दै उपाधि जित्न सफल भएको थियो।
सोलिडारिटी कपमा नेपाली राष्ट्रिय टिमको उपकप्तान रहेका विक्रम राष्ट्रिय टिमका महत्वपूर्ण मिडफिल्डर हुन्। पछिल्लो समय भने भरत खवास राष्ट्रिय टिमका उपकप्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।