पोखरा– प्रदेश ४ को एमाले संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ। सहमतिको प्रयास असफल भएपछि चुनावी प्रक्रियाबाटै संसदीय दलको नेताको चयन प्रक्रिया सुरु भएको हो।
'चुनावको तालिका निर्धारण भइसक्यो', दलको नेताका एक प्रत्यासी पृथ्वीसुब्बा गुरुङले भने, 'उम्मेदवारी मनोनयन गर्ने समय पौने १२ देखि सबा १२ सम्म छ।' अन्तिम समयसम्म पनि सहमतिको प्रयास भने हुने उनले बताए।
संसदीय नेता बन्नका लागि पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले सक्रियता देखाएका छन्। उनीहरु दुवै पार्टी अध्यक्ष केपी शर्मा ओली निकटताका भएकाले पनि यहाँको प्रतिस्पर्धालाई रोचक मानिएको छ। यद्यपि किरण गुरुङ नेता बामदेव गौतम निकट हुन्।
एमालेले यसअघि प्रदेश १ र ३ मा पनि चुनावबाट संसदीय दलको नेता टुंगो लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।