म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गराएको छ। सिटीले शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ५–१ ले हरायो।
सिटीको जितमा सर्जियो अग्युरोले ४ गोल गरे। उनले खेलको ४८,५३,७७ र ९० मिनेटमा गोल गरे। पछिल्ला १० खेलमा अग्युरोले १३ गोल गरिसकेका छन्। चार गोल गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अग्युरोको प्रशंसा गरेका छन्।
खेलमा सिटीका लागि रहिम स्टर्लिङ तेस्रो मिनेटमा गोल गरेका थिए। जिमी भार्डीले लेस्टरका लागि २४ मिनेटमा बराबरी गोल फर्काएका थिए।
लिगको अर्को खेलमा टोटनह्यामले आर्सनललाई १–० गोलले हराएको छ। टोटनह्यामको जितमा ह्यारी केनले ४९ मिनेटमा गोल गरेका थिए।
लिगमा शीर्ष स्थानको सिटीले २७ खेलबाट ७२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५६ अंक छ। तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ५२ तथा एक खेल कम खेलेको चौथो स्थानको लिभरपुलको ५१ अंक छ। २६ खेलबाट ५० अंक जोडेको चेल्सी पाँचौ तथा २७ खेलबाट ४५ अंकसहित आर्सनल छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।