म्याड्रिड– साबिक विजेता रियल म्याड्रिडले रियल म्याड्रिडले ला लिगामा रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरेको छ।
रियलको जितमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्यट्रिक गरे। उनले खेलको २७,३७ र ८० मिनेटमा गोल गरेर ह्यट्रिक पूरा गरे। उनले ला लिगामा ह्यट्रिक संख्या ३३ पुर्याएका छन्। रियलका लागि भाज्क्युले पहिलो तथा टोनी क्रुजले ३४ मिनेटमा गोल गरेका थिए। सोसिडाडका लागि बाउटिस्टाले ७४ र इरालामेन्डीले ८३ मिनेटमा गोल गरेक थिए।
अर्को खेलमा एट्लेटिको म्याड्रिडले मालागालाई १–० गोलले पराजित गरेको छ। एट्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले पहिलो मिनेटमै गोल गरेका थिए।
लिगको शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५८ अंक छ। दोस्रो स्थानको एट्लेटिको २३ खेलबाट ५२ र तेस्रो स्थानमा उक्लिएको रियलको २२ खेलबाट ४२ अंक छ। रियल भ्यालेन्सियालाई पछि पारेर तेस्रो स्थानमा उक्लिएको हो। चौथो स्थानमा झरेको भ्यालेन्सियाको २२ खेलबाट ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।