जोहानेसवर्ग– भारत विरुद्धको चौथो एकदिवसीय खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। शनिबार जोहानेसवर्गमा भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले भारतलाई डिएल मेथडमा ५ विकेटले पराजित गरेको हो। ६ खेलको सिरिजमा भारत ३–१ ले अघि छ।
भारतले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २५.३ ओभरमा ५ विकेटको क्षतिमा २ सय ७ बनाएर खेलिरहदा खेल वर्षाले अवरुद्ध भएपछि खेल भारतले गुमाएको हो। दक्षिण अफ्रिकाका लागि डेभिड मिन्लरले ३९ रन जोड्दा हेनरिच क्लासिनले नटआउट ४३ रन जोडे। फेलुल्कवायोले ११ बलमा नटआउट २३ रन जोडे।
त्यसअघि भारतले ७ विकेटको क्षतिमा २ सय ८९ रन जोड्यो। भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले १ सय ९ रन जोडे। एक सयौं एकदिवसीय खेल खेलेका उनले १ सय ५ बलमा १० चौका र २ छक्का हिर्काए। कप्तान विराट कोहलीले ७५ रनको योगदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।