कोलोम्बो- श्रीलङ्कामा भएको स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका कोलम्बोस्थित निर्वाचन आयोगले जनाएको छ।
स्थानीय समयअनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोग तथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन्।
निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड ८ लाख मतदाताले सहभागिता जनाएका थिए।
निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिङ्गे तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष लगायतका उच्च पदस्थ सरकारी तथा प्रतिपक्षी दलका अधिकारीले मतदान गरेका बताइएको छ।
प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा यो निर्वाचनलाई हेरिएको छ।
निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा ७ हजार कर्मचारीको प्रयोग गरिएको थियो।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। निर्वाचनका क्रममा कुनै पनि हिंसात्मक घटना नभएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।