पोखरा -कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ११, छुमरुङ नजिकै सिन्ह्वामा एक विदेशी महिला मृतावस्थामा फेला परेकी छन् ।
अन्नपूर्ण बेसक्याम्पबाट फर्कने क्रममा माघ २६ गते सिन्ह्वा गेष्ट हाउसको कोठा नं ३ मा बास बसेकी राहदानी नं १७ एटी ९०६०२ की फ्रान्सेली नागरिक ३२ वर्षीय लाउरी मारा युटी टिजानकोभ नेडेव आज बिहान मृतावस्थामा फेला परेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
थप अनुसन्धानका लागि शव फिस्टेलको हेलिकप्टरबाट आजै काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।