काठमाडौं– थ्रीस्टार क्लबका कप्तान बिक्रम लामाले गहिरो चोट बोकेका छन्। धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिस विरुद्धको खेलमा कप्तान विक्रमको खुट्टामा गहिरो चोट लागेको छ।
उनलाई तत्काल काठमाडौं ल्याइएको छ। उनलाई अहिले धापासीको ग्रान्डी हस्पिटलमा भर्ना गरिएको छ। आजै राति डाक्टर चक्रराज पाण्डेको टिमले अप्रेसन गर्ने तयारी गरेको थ्रीस्टार क्लबका महासचिव सञ्जिव शिल्पकारले बताए। उनलाई सामान्य रुपमा निको हुन कम्तिमा ३ महिना लाग्ने अस्पताल प्रशासनले जनाएको छ।
आज भएको फाइनलमा पुलिसलाई हराउदै थ्रीस्टारले सिजनको दोस्रो उपाधि हात पारेको थियो। मिडफिल्डर विक्रम नेपालको राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।