काठमाडौं– कर्माछिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पाले आगामी चैत १४ मा हुने एन्फा कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बाक्लो संख्यामा एन्फा पदाधिकारी, जिल्ला संघका प्रतिनिधि तथा ए, बी र सी डिभिजन क्लबका प्रतिनिधिको उपस्थिति थियो।
यो पनि– एन्फा अध्यक्षमा कर्माछिरिङको उम्मेदवारी, अध्यक्षका २ आकांक्षीसहित ३ उपाध्यक्षको समर्थन
घोषणा कार्यक्रममा उनले एन्फालाई गतिशिल बनाउने, स्पष्ट कार्ययोजनासहित नीति बनाउने र फुटबल खेलाडीलाई खेल खेलेर बाँच्न सक्ने वातावरण बाउने योजना सुनाए। उनले अध्यक्ष निर्वाचित भए केहि महिनामै लिग संचालन गर्ने, जिल्लालाई अधिकार दिने र एन्फालाई पारदर्शी बनाउने उनको भनाइ छ। सामूहिक नेतृत्वसहित अघि बढ्ने घोषणा गरेका शेर्पाका योजना भिडियोमा हेर्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।