धादिङ– दुर्घटनामा मृत्यु भएका सिचाँई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादवको शव ६० मिटर तलबाट निकालिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरीको गोताखारले दुई जनाको शव नदीभित्रबाट निकालेको हो।
पृथ्बी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशुली नदीमा माघ शनिबार विहान भएको जीप दुर्घटनामा परी यादबको मृत्यु भएको हो।
कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ झ ३१४० नम्बरको बलेरो जीप शनिबार विहान करीव ४ बजे सो ठाँउमा सडकबाट झण्डै ६० फिट तल त्रिशुली नदीमा खसेको थियो। सचिव यादवको शव विहान करीव साँढे नौ बजे एपीएफका गोताखोरले गाडीको चालक बस्ने सिटमा फेला पारी नदीबाट बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी उनीसँगै दुर्घटनामा परी वेपत्ता भएकी करीव १५ वर्षिया उन्नती गुप्ताको शव दिउँसो करीव पौने ४ वजे गाडीको अगाडिपट्टिको सिटमा रहेको अवस्थामा गोताखोरले फेला पारी नदीबाट बाहिर निकालेको छ ।
दुर्घटनामा परी वेपत्ता भएका मृतक सचिवका छोरा करीव २१ वर्षिय सन्तोष यादवको खोजीकार्य जारी छ।
सो दुर्घटनामा परी गाडी चालक सर्लाहीको बरहथवा नगरपालिका ४ बस्ने ३१ वर्षिय निराजन यादव अधिकारी घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।
दुर्घटनामा परेको जीप नदीभित्र करीव ३० फिट पानीको गहिराईमा पुरै डुबेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका गोताखोरले फेलापारी जीपभित्रबाट मृतकहरुको शव नदी बाहिर निकालेका थिए ।
काठमाडौं आउने क्रममा सचिव यादबले चलाएको जीप त्रिशुलीमा खसेको थियो।
‘नदीभित्र डुबेको जीपलाई पानीले बगाउन नपाओस भन्नका लागि उद्धार कार्यमा खटिएको एपीएफ टोलीले सवैभन्दा पहिला पानीभित्र पसेर गाडीलाई हुक लगाई अड्काएको थियो,’ सशस्त्र प्रहरीको विज्ञप्तीमा भनिएको छ,‘त्यसपछि विभिन्न तरिका अपनाउदै उँदै मृतक दुवै जनाको शव गाडीभित्र सिटमा रहेको अवस्थामा फेला पारी पानीबाट बाहिर निकालिएको हो ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।