काठमाडौं– थ्रीस्टार क्लबले बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै थ्रीस्टारले सिजनको दोस्रो उपाधि उचालेको हो। यअसघि थ्रीस्टारले इटहरी गोल्डकपको उपाधि पनि जितेको थियो।
थ्रीस्टारको जितमा अजयी मार्टीन्सले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
खेलको २७ मिनेटमा पुलिसका कप्तान हेम तामाङ र पिटर सेगुनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
थ्रीस्टारका कप्तान विक्रम लामामाथि गम्भिर फल गरेपछि खेलमा तनाव उत्पन्न हुँदा दुई खेलाडीलाई रातो कार्ड देखाइएको हो।
गम्भिर घाइते भएका लामालाई तत्काल अस्पताल लगिएको थियो। खुट्टा भाँच्चिएका लामालाई अहिले प्लेनमार्तफ काठमाडौं ल्याएको छ।
उपाधिसँगै थ्रीस्टारले ६ लाख रुपैयाँ जितेको छ।
थ्रीस्टारका निराजन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले एक थान मोटरबाइक पाए। थ्रीस्टारका एलन न्यौपाने (गोलकिपर), थ्रीस्टारकै लावेल (डिफेन्डर), पुलिसका सुमन लामा (मिडफिल्डर), पुलिसकै रेजिन सुब्बा (फरवार्ड), धरानका रोमन लिम्मु (राइजिङ प्लेयर) र थ्रीस्टारका मेघराज केसी (प्रशिक्षक) उत्कृष्ट घोषित भए। सबैले जनहि २५–२५ हजार रुपैयाँ प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।